२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

१६ बैशाख २०७५, आईतवार ०८:१४

प्रकाश धौलाकोटी | वैशाख १६, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् । 

ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताउनुभयो । 

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन”, उहाँले भन्नुभयो । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

झरनाको अवलोकन र भ्रमणका लागि झरनामा पुग्दा पानी पूर्णरुपमा सुकेको देखेपछि आफू चकित परेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका दीपक थाम्देनले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँबाट साथीहरु आएका थिए, घुमाउन झरनासम्म लिएर पुगेँ, तर पानी नै थिएन ।” झरनाको संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीले नै अलिअलि भएको पानी पनि कुलोमार्फत सिँचाइका लागि लगेपछि झरना पानीविहीन बनेको उहाँले बताउनुभयो ।

झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । “अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन्”, वडाध्यक्ष चोङ्वाङले भन्नुभयो । उहाँले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताउनुभयो । 

झरना आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालीम, छलफल र होमस्टे सञ्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल शुरु भएको छ । तर झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसँगै क्रमशः झरनामा पानीको मात्रा पूर्णरुपमा सुकेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । 

अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन । झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँपालिकाले पर्यटनतर्फको ठूलो बजेट झरनाका लागि छुट्याएको छ, झरनामा पानी लगाएर भए पनि खसाल्ने र पर्यटक आकर्षित गर्ने योजना छ”, उहाँले भन्नुभयो । स्थानीयवासीमा चेतना अभावका कारण झरनाको रेखदेख र संरक्षणमा ध्यान नपुगेको भन्दै गाउँपालिका अध्यक्ष चोङ्वाङले त्यसका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो । 

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । झरनामा पानी खसालेर आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ योजना बनिरहेको अध्यक्ष चोङ्वाङले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य