२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

१७ बैशाख २०७५, सोमबार ११:२३

वैशाख १७ बुटवल | राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गर्नुभएको छ । 


बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गर्नुभएको हो । 

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहनुभएको थियो । 

दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिनुभएको थियो । 

कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षात्का कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गर्नुभएको थियो । 

कोषले प्रधानमन्त्रीको निर्देशनबमोजिम सभाहल निर्माण गर्ने निर्णय तत्काल गरे पनि लुम्बिनीमा बन्ने सभाहल अत्याधुनिक र बहुउपयोगी हुनुपर्ने ठहर गर्दै परामर्शदाता छनोट गरेर काम थालेको थियो । सभाहलको लागत करीब रु २७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइरहेको छ । 

सभाहलको परामर्शका लागि छनोट भएको काठमाडौँस्थित श्रेष्ठ कन्सल्ट्यान्टले केही महिनाअघि सभाहलको विस्तृत डिजाइन र लागत स्टिमेट पेश गरेको थियो । 

लुम्बिनीमा निर्माण हुने सभाहल गुम्बा आकारको हुनेछ । गोलो सभाहलमा ठूला–ठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह, ठूला ठूला ध्यान शिविरसमेत हुनेछन् । सभाहललाई सानो ठूलो आकारमा विभाजन गर्न मिल्ने प्रविधिसमेत जडान हुनेछ । 

दुई वर्षभित्र सक्ने योजना रहेको यो सभागृहको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य