2026-07-25 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुर्तीजन्य सेवनको डरलाग्दो तथ्य

पछिल्लो समयमा मानिसहरु सुर्तीजन्य पदार्थ पान, कुड्का खैनी, सुर्ती लगाएका बस्तुहरुको अत्याधिक सेवन गर्ने गरेको पाइन्छ । सुर्तीजन्य पदार्थलाई आफ्नो साथीको रुपमा वा चिन्ता परेको वा विभिन्न बहानामा यसको प्रयोग गरीरहेका हु्न्छन् जसका कारण पनि नेपालमा झण्डै आधा जनसंख्याले सुर्तिजन्य पदार्थ खाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ । कसैले बाध्यता र समस्याबाट मुक्त पाउनको लागि त कसैले साथीभाईको इशारामा यस्ता बस्तु प्रयोग गर्ने गरेको पाइन्छ ।

अझ बनौं पछिल्लो समयमा युवा पुस्तामा चुरोट खैनी सेवन गर्नु स्मार्ट बन्नु हो भन्दै यसको प्रयोग गरेको र कुलतमा फसेको पनि पाइन्छ ।  चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थ खाएर नेपालमा दैनिक झण्डै ५० जनाको ज्यान जाने डरलाग्दो तथ्य छ तर पनि मानिसहरु यसको प्रयोग गर्न अझै छाडेका छैनन् । एक दिनमा ५० जनाले चुरोट खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो ज्यान गुमाएका छन् भने एक बर्षमा १८ हजार २ सय ५० जनाले आफ्नो ज्यान गुमाएका छन् । जसमा  ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थ खाँदा लाग्ने नसर्ने रोगका कारण हुने मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत रहेको छ । यसरी सुर्तीजन्य पदार्थको सेवनबाट आफ्नो जिवन अकालमा जाँदा पनि मानिसहरु अझै पनि सुत्र्तीजन्य पदार्थको सेवन गर्नको लागि छाडेका छन् ।

यस्ता बस्तुको प्रयोगबाट न त स्वास्थ्यका लागि फाइदाजनकनै छ न त धनसम्पत्तीको बजतनै हुन्छ तर पनि मानिसहरु पैसा तिरेरनै मृत्युलाई किनिरहेका छन् । सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी गराउनको लागि विभिन्न तरीका अपनाएता पनि सोही जनतामा परिर्वतन भने हुन सकेको छैन । सुत्र्तीजन्य बस्तुको प्रयोगबाट मानिसको ज्यान त लिन्छनै मानिसको बाँचुन्जेल सम्म पनि त्यसले इज्जतमा दाग लगाउने काम गर्छ यस्ता बस्तुको प्रयोग गर्नेलाई निरुत्साहीत गर्नको लागि सरकारले सुर्तीैज्य बस्तुको उत्पादन हुने कलकारखाना तथा कम्पनीलाई भारीरुपमा कर लगाउनुपर्छ र बस्तुको मुल्यपनि अत्याधिक बनाउनुपर्छ । मुख, गिजा, ओठ, आन्द्रा, फोक्सो लगाएतका अनगिन्ती संबेदनशील अंगमा क्यान्सर उत्पन्न गराउने यस्ता बस्तुको प्रयोग नगर्न नेपाली आफै सचेत हुनु पनि जरुरी छ । बेलैमा होस नपु¥याए आफ्नो जीवनको अन्त्य त कलिलै उमेरमा हुन्छ परिवारको समेत विचल्ली हुन्छ त्यसैले यस्ता बस्तुको प्रयोग रोक्नको लागि स्वास्थ्य मन्त्रालयले गम्भीररुपमा चाँसोका विषयमा लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला