Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खोटाङमा खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/बैशाखम १९, खोटाङ | जिल्लामा लोकसेवा आयोगको खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षाको उद्घाटन गरिएको छ ।

निजामती क्षेत्रमा ईच्छुक नगरवासि तथा नगरपालिकाभित्र बसोवास गरिरहेका ब्यक्तिहरुलाई लक्षित गरी शुरुवात भएको खरिदार परिक्षा केन्द्रित निशूल्क तयारी कक्षाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएकोे हो ।

नगरपालिकाको आर्थिक संयोजनमा तयारी कक्षा गत बैशाख १६ गतेदेखी शुरुवात भएता पनि मेयर रिजालको स्वास्थ्य समस्याका कारण बुधबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा औपचारिक रुपमा उद्घाटन गरिएको हो । दैनिक बिहान ६ बजेदेखी ९ बजेसम्म माउण्ट एभरेष्ट बोर्डिङ स्कुल त्रिबेणीचोकमा आगामी जेठ मसान्तसम्म सञ्चालन हुने तयारी कक्षामा नगरवासिसहित अन्य गाउँपालिका तथा नगरपालिकाका १ सय ३० जना विधार्थीले कक्षा लिने भएका छन् ।

तयारी कक्षामा खरिदार तहका प्रथमपत्रको सामान्यज्ञान र बौधिक परिक्षण, द्दितियपत्रको गणित र बिज्ञान तथा तृतियपत्रको सामाजिक अध्ययन, जनसंख्या र लेखा सम्बन्धि कक्षा सञ्चालन हुने जिल्ला समन्वय समितिका नायब सुब्बा मणिराम ढकालले जानकारी दिनुभयो । विधार्थीलाई सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला मालपोत अधिकृत कोपिला राई, जिल्ला समन्वय समितिका नायब सुब्बा मणिराम ढकाल, जिल्ला निर्वाचन अधिकारी दिनेश खत्री, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रधानाध्यापक सागर जोशि, शिक्षक जेएल चौधरी, सगुन ताम्राकार, राज भट्टराईले शिक्षण गराउने छन् ।

विधार्थीको लनगशिलता, मेहेनत र परिश्रममा नगरले आर्थिक संयोजन गरेर सहयोग गरेको उल्लेख गर्दै मेयर रिजालले, निजामती क्षेत्रमा सबैभन्दा धेरै मिहेनत चाहिने बताए । सञ्चालित तयारी कक्षाको सहायता लिंदै विधार्थीहरुलाई भावि दिनमा सिडिओ, प्रशासकिय अधिकृत, उत्कृष्ट निजामती कर्मचारी हुन मेयर रिजालले शुभकामना दिएका थिए ।