निजामती क्षेत्रमा ईच्छुक नगरव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निजामती क्षेत्रमा ईच्छुक नगरव"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षा

१९ बैशाख २०७५, बुधबार ०७:२३

चिसाङ शेर्पा/बैशाखम १९, खोटाङ | जिल्लामा लोकसेवा आयोगको खरिदार परिक्षा केन्दित निशूल्क तयारी कक्षाको उद्घाटन गरिएको छ ।


निजामती क्षेत्रमा ईच्छुक नगरवासि तथा नगरपालिकाभित्र बसोवास गरिरहेका ब्यक्तिहरुलाई लक्षित गरी शुरुवात भएको खरिदार परिक्षा केन्द्रित निशूल्क तयारी कक्षाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएकोे हो । 

नगरपालिकाको आर्थिक संयोजनमा तयारी कक्षा गत बैशाख १६ गतेदेखी शुरुवात भएता पनि मेयर रिजालको स्वास्थ्य समस्याका कारण बुधबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा औपचारिक रुपमा उद्घाटन गरिएको हो । दैनिक बिहान ६ बजेदेखी ९ बजेसम्म माउण्ट एभरेष्ट बोर्डिङ स्कुल त्रिबेणीचोकमा आगामी जेठ मसान्तसम्म सञ्चालन हुने तयारी कक्षामा नगरवासिसहित अन्य गाउँपालिका तथा नगरपालिकाका १ सय ३० जना विधार्थीले कक्षा लिने भएका छन् ।

तयारी कक्षामा खरिदार तहका प्रथमपत्रको सामान्यज्ञान र बौधिक परिक्षण, द्दितियपत्रको गणित र बिज्ञान तथा तृतियपत्रको सामाजिक अध्ययन, जनसंख्या र लेखा सम्बन्धि कक्षा सञ्चालन हुने जिल्ला समन्वय समितिका नायब सुब्बा मणिराम ढकालले जानकारी दिनुभयो । विधार्थीलाई सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला मालपोत अधिकृत कोपिला राई, जिल्ला समन्वय समितिका नायब सुब्बा मणिराम ढकाल, जिल्ला निर्वाचन अधिकारी दिनेश खत्री, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रधानाध्यापक सागर जोशि, शिक्षक जेएल चौधरी, सगुन ताम्राकार, राज भट्टराईले शिक्षण गराउने छन् ।

विधार्थीको लनगशिलता, मेहेनत र परिश्रममा नगरले आर्थिक संयोजन गरेर सहयोग गरेको उल्लेख गर्दै मेयर रिजालले, निजामती क्षेत्रमा सबैभन्दा धेरै मिहेनत चाहिने बताए । सञ्चालित तयारी कक्षाको सहायता लिंदै विधार्थीहरुलाई भावि दिनमा सिडिओ, प्रशासकिय अधिकृत, उत्कृष्ट निजामती कर्मचारी हुन मेयर रिजालले शुभकामना दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो