२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा दाइजो नल्याएको भन्दै ४ महिनाकी गर्भवती श्रीमतीको हत्या

१९ बैशाख २०७५, बुधबार ११:५७

वैशाख १९ सर्लाही | सर्लाहीको फूलपरासीमा दाइजो नल्याएको भन्दै एक महिलाको हत्या भएको छ । 

फूलपरासी गाविस-४ का अनितकुमारले दाइजो नल्याएको भन्दै पत्नीको हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

अनितले बगदह गाविस-२ की २० वर्षकी अनितादेवीको चैत १५ गते हत्या गरेको खुलासा भएको हो । अनित र अनिताको गत वर्ष जेठ २२ गते विवाह भएको थियो । 

विवाहमा अनिताका परिवारले अनितलाई १० लाख रुपैयाँ नगद र एउटा मोटरसाइकल दाइजो दिएका थिए । 

अनितले फेरि दुई लाख रुपैयाँ दाइजो ल्याउन दवाव दिँदै आएको प्रहरीले अनुसन्धानबाट खुलेको बताएको छ । दुई लाख रुपैयाँ दाइजो नल्याएको निहुँमा अनितले चार महिनाकी गर्भवती अनितादेवीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको गाउँलेहरुले बताएका छन् । 

उनीहरुले अनितको अनिताप्रतिको व्यवहार गलत भएको बताएका छन् । 

सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने भएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्ताविक कारण पत्ता लाग्ने डिएसपी रिजालको भनाई छ । अनितका परिवारले भने अनितादेवीले विष सेवन गरि आत्महत्या गरेको दावी गरेका छन् । 

सर्लाहीमा गम्भीर किसिमका महिला हिंसाका घटना बढ्न थालेपछि मानव अधिकारकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन् । 

परिवारको यातना सहन नसकेर सर्लाहीको हरिपूर्वामा एक महिना अघि मात्र एक महिलाले आफ्नी दुई छोरीसहित आत्महत्या गरेकी थिइन् । एक महिनाको अवधीमा नोकेल्वामा दुई जना महिलाको हत्या, अर्नाहमा ९ वर्षकी बालिका बलात्कृत, सलेमपुरमा गर्भवती महिलालाई घर निकाला लगायतका गम्भीर किसिमका महिला हिंसाका घटना भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो