२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिक्षकमाथि गुरुकुल एकेडेमीको शोषण–गुहार माग्दै नगर शिक्षा कार्यालयमा

२०७५, १९ बैशाख बुधबार १३:२२


पर्वत । गुरुकुल एकेडेमीे पर्वतले शिक्षकमाथि शोषण गर्ने गरेको रहस्यको खुलेको छ । विगतदेखि शिक्षण पेशामा सोहि विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको पारिश्रमिक बापत पाउने रकम विद्यालयले नदिएर शोषण गरेको खुलेको हो । 

उक्त विद्यालयमा अध्यापन गराउदै आएका चार जना शिक्षकले २०७४ मंसिरदेखि फाल्गुनसम्म आफूले पाउने सेवासुविधा, पारिश्रमिक र संचित रकम नपाएको भन्दै नगर शिक्षा कार्यालयमा उजुरी दर्ता गरेका छन् । 

विद्यालयसँग असहज स्थीति पैदा भएपछि विद्यालयसँगै अनुमति लिइ विद्यालय छोडेका शिक्षकले लामो समयसम्म कुर्दा समेत आफ्नो पारिश्रमिक नदिएको भन्दै गुहार मागेका हुन् । 

पारिश्रमिक नपाउनेमा प्रेम शर्मा पौडेल, जित गिरी, अनिता पौडेल, गणेश पौडेल र विकासराज पौडेल रहेका छन् । उनीहरुले आफूले अध्यापन गराए बापत पाउनुपर्ने पारिश्रमिक र संचयकोषमा जम्मा भएको रकम पाउ भनी कुश्मा नगरपालिकाका नगर शिक्षा कार्यालयमा ७६९मा निवेदन दर्ता गराएका हुन् ।

बैशाख १५ भित्र सम्पूर्ण पारिश्रमिक रकम उपलब्ध गराउने विद्यालयले प्रतिबद्धता गरेता पनि अहिलेसम्म रकम नदिएको भन्दै उनीहरुले उजुरी दिएको बताएका छन् ।

श्रम ऐन २०७४ को परिच्छेद ८, दफा ३४,३५ र ३८ तथा शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ (नवौ संशोधन) २०७४ को परिच्छेद १८, नियम १०५ र १०५(क) बमोजिम कारवाही गरी पारिश्रमिक बापत पाउने रकम पाउनुपर्ने माग गरेका छन् ।

विद्यालयका भाइस प्रिन्सीपल उज्वल अधिकारीले आफूहरुले पारिश्रमिक दिनुपर्ने बाँकी रहेको स्वीकार गरे । उहाँहरुले पेश्की लानुभएको छ,के कति लानू भएको छ त्यसको हिसाबकिताब गर्नुपर्छ त्यसपछि मात्रै कसलाइ कति दिन बाँकी छ भन्ने कुरा थाहा हुन्छ उनले भने ।

विद्यालयलाई धरापमा पाछौं, अब बन्द गराउँछौ भन्दै शिक्षकहरु एकैचोटी निस्कुनभएको हो । भर्ना अभियानलाइ असफल बनाउनको लागि पनि उहाँहरु लाग्नु भयो । भाइस प्रिन्सिपल अधिकारीको आरोप छ ।

विद्यालय संचालक अध्यक्ष ओमकार श्रेष्ठले पनि पारिश्रमिक रकम दिन बाँकी रहेको स्वीकार गरे । उनले अबको केहि दिनमा शिक्षकहरुलाई पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने