३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य तीब्र

१९ बैशाख २०७५, बुधबार १५:३८

श्याम थापा | वैशाख १९, सुस्ता | नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य अझ तीब्र रूपमा भैरहेको छ ।यतिखेर नवलपरासी बर्दघाट सुस्ता पश्चिम अन्तर्गत सुस्ता स्थित नारायणी नदीबाट गिट्टी,बालुवा र ढुङ्गा अत्याधिक रूपमा चोरी कार्य भैरहेको छ । 

सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा र नर्सहीको १५ र १६ नम्बरको ठोक्कर क्षेत्रमा पर्ने नारायणी नदिबाट दिनरात गरि १०० देखी २०० सय टाली दैनिकी रूपमा नदिजन्य प्रदार्थ बालुवा,गिट्टी र ढुङ्गा चोरी निकासी भैरहेको सुस्ता गाउँपालिका वार्ड न ३ स्थानीय सुरज केवटले जानकारी दिनु भएको छ । 

नारायणी नदीबाट भैरहेको नदिजन्य प्रदार्थ चोरी निकासीको कार्य भैरहेको भन्दै स्थानीयबासीहरुले नेपाल प्रहरी चौकी कुडिया र नेपाल प्रहरी चौकी नर्सहीलाई पटकपटक खबर गर्दा पनि बेवास्ता गरेको स्थानीयबासीहरुले गुनासो गरेको छन । 

नारायणी नदीबाट नदिजन्य प्रदार्थ बालुवा,ढुङ्गा र गिट्टी दिनरात चोरी निकासी भैरहदा प्रहरी प्रशासनले देखे पनि नदेखेको झै गरेर हिड्ने गरेको र गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्ने स्थानीय तस्करहरुसंग मिलेर नदिजन्य प्रदार्थ चोरी कार्य गराई रहेको स्थानीय मोहन बिनले बताउनु भयो । 


सो नदिजन्य प्रदार्थ चोरी कार्य स्थानीय तस्करहरुले नजीकको प्रहरी चौकी नर्सही र प्रहरी चौकी कुडियालाई प्रति टाली १०० देखि २०० सयका दरले चौकी इन्चार्जलाई बुझाएर गिट्टी,बालुवा र ढुङ्गा चोरी कार्य गरिरहेको स्थानीयबासीहरुले आरोप पनि लगाएका  छ्न । 

स्थानीय गिट्टी,बालुवा ढुङ्गा तस्करहरुले चोरी गरेको नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गा सुस्ता गाउँपालिकाको छिमेकी गाउँपालिकाका लगायत भारत सम्म लगि प्रति टाली ३५ सय देखि ४ हजार सम्ममा बिक्री गर्ने स्थानीयबासी रामपृत बिनले बताउनु भयो। 

सो नारायणी नदिबाट नदिजन्य प्रदार्थ चोरी निकासी कार्य बारे नर्सही प्रहरी चौकीका इन्चार्ज डम्बर बहादुर क्षेत्रीलाई  पत्रकार श्याम थापाले फोन सम्पर्कमा कुराकानी गर्दा आफुलाई सुस्ता  गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गले योजनाको काम गर्न परेको हुनाले प्रहरी चौकीबाट कुनै हस्तक्षेप नगरिदिनको लागि आग्रह गर्नु भएको कारणले आफुले नदिजन्य प्रदार्थ निकासी कार्य नरोकेको नर्सही प्रहरी चौकी इन्चार्ज क्षेत्रीले यस्तो बताउनु भयो । सोही बिषयमा पुनः पत्रकार  श्याम थापाले सुस्ता गाउँपालिकाको वार्ड न ४ का वडा अध्यक्ष अशोक गुरुङ्गलाई फोन सम्पर्कमा कुराकानी गर्दा आफुले नारायणी नदीबाट नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाहरुको चोरी कार्यमा आफुले कसैलाई आग्रह नगरेको र यस बिषयमा आफुलाई केही थाहा नभएको अध्यक्ष गुरुङ्गले बताउनु भयो । 

सो नारायणी नदीबाट भएको नदिजन्य प्रदार्थ चोरी निकासी कार्यले सुस्ता गाउँपालिकाको कुडिया,नर्सही,पक्लिहवा र प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनी,बैदौली,सुर्यपुरा,सोमनी,खैरटहवा लगाएत दर्जनौं वडाहरु डुबानमा पर्ने सम्भावना बढी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली