२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोट: डोजर र स्काभेटरले राजश्व तिर्दैनन्

२०७५, १९ बैशाख बुधबार १६:५१

वैशाख १९, कालिकोट | विकास निर्माणका काममा प्रयोग हुने डोजर र स्काभेटरमार्फत् सरकारले करोडौं राजस्व गुमाइरहेको छ । डोजर र स्काभेटरले काम गरेपछि नाफा कमाए वापत सरकारलाई आयकर नबुझाउँदा करोडौं राजस्व गुमेको हो । कालिकोटका बिभिन्न स्थानीय तहहरुले विकास निर्माण क्षेत्रमा काम गरिरहेका डोजर र स्काभेटरको नाफा ब्यापक हुने भएपनि काम गरे वापत सरकारलाई राजश्व नतिर्ने गरेको पाईएको छ ।

ठेक्का प्रक्रियामा गएर विकास निर्माणका काममा प्रयोग हुने डोजर र स्काभेटरका सम्बन्धित ठेक्कामा नै आयकर करकट्टी हुने गरेको भएपनि निजी र भाडामा प्रयोग भएका डोजर र स्काभेटरहरुले भने आयकर तिर्ने गरेका छैनन् । देशैभर विकास निर्माणका क्षेत्रमा प्रयोग भएका स्काभेटर डोजरको आयकर कसलाई तिर्ने र कसले आयकर उठाउने भन्ने बिषयमा स्पष्ट कानुन नहुँदा स्थानीय तहमा विकास निर्माणका काममा प्रयोग भएका डोजर र स्काभेटरलाई बिल भुक्तानी गर्दा समेत समस्या भएको छ ।

उपभोक्ता समिति मार्फत काम गरिरहेका निजी डोजर र स्काभेटरहरुले आयकरका बिषयमा केही समस्या भएको कालिकोट खाँडाचक्र नगरपालिका कार्यकारी अधिकृत काशीनाथ पंगेनीले बताए । ‘हामीले १३ प्रतिशत भ्याट तिरेको बिलका आधारमा डोजर र स्काईभेटर भुक्तानी दिने गरेका छौं,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत सञ्चालनमा आएका डोजर र स्काभेटरलाई भुक्तानी दिँदा समस्या हुन सक्छ । ‘स्थानीय तहमा करोडौंका काम गर्ने डोजर र स्काभेटरहरुले स्थानीय तह र आन्तरिक राजश्व विभागलाई आयकर तिर्न अटेर गरिहेका छन् ।

यसरी विकास निर्माणमा करोडौंका काम गर्ने डोजर र स्काभेटरहरुबाट करोडौं बढीको राजश्व गुम्दै आएको छ । स्थानीय तह निर्माण भएयता स्थानीय तहहरुले विकास निर्माणका काममा डोजरको प्रयोग व्यापक ल्याएको, तिनीहरुको प्रयोग र नियमनका बिषयमा कानुन नहुँदा कर तिर्ने बिषयमा समस्या भएको हुनसक्ने नेपाल बार एसोसियसन कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टले बताए । ‘स्थानीय तह निर्माण भएयता डोजर र स्काभेटरको व्यापक प्रयोग हँुदै आएका छन्’ उनले भने, ‘कर तिर्ने र लिने बिषयमा स्पष्ट कानून नबनेकाले पनि आयकर तिर्ने बिषयमा समस्या भएको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा