जु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जु"/>

2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा अव्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घटदै

नन्दराम जैशी/वैशाख २० जुम्ला | कर्णालीकै पहिलो चन्दननाथ नगरपालिका तथा जिल्ला सदरमुकाममा भैरहेको अब्यवस्थीत शहरीकरणले खेतियोग्य जमिन घट्दै गएको छ ।

जुम्ला सदरमुकामका जताततै सडक छेउ र खेतियोग्य जमिनहरुमा जथाभावि घर निर्माण भैरहेका छन् । भवन निर्माण आचारसंहिता विपरीत नक्सा पास नगरेरै दिनप्रतिदिन अव्यवस्थीत शहरीकरण बन्दै गएको हो ।   

केहि बर्षअघि अन्नभण्डारको रुपमा हेरीने बजारको राजासिम ज्युलोदेखि लाइज्युलो हुदै छिनाज्युलो (खेतै खेतहरुले बनेको फाँट)  भरी अहिले घर तथा ठुला गगनचुम्ने भवनहरु निर्माण भएका छन्, भने बसपार्क समेत त्यहि खेतियोग्य जमिनमा निर्माण गरीएको छ । भवन निर्माण आचारसंहिता विपरीत बन्दै गरेको अब्यवस्थीत शहरीकरणले नगरपालिकाभित्रको खेतियोग्य जमिन मासिदै गएको हो ।                            

बढ्दो जनसंखया र अव्यवस्थित शहरीकरणले खेती योग्य जमिन मासिदै गएपछि सरोकारवाला निकायले पनि चिन्ता ब्यक्त गरेका छन्, तर यसको रोकथाममा भने, कुनै पनि निकायले खासै चासो दिएको पाईदैन । कृषि उपज उत्पादनसंग कुनै प्रवाह नगरी ब्यापारीक आस्थाले बजार आसपासमा धमाधम घरहरु निमार्ण हुन थालेपछि कुनै समय खेती योग्य जमिनमा पुरै घरहरु मात्रै देख्नसकिने अनुमान छ ।    

जुम्ली अर्गानिक बालि कालिमार्सि धान, स्थानिय जौ, गहुँ लगाएतका महत्वपुर्ण अन्नफल्ने खेतमा पछिल्लो सयम तिब्रगतिले भवन निमार्ण हुन थालेको प्रति कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले चिन्ता ब्यक्त गरे । ‘भिरपाखा भन्दा खेतबारीमा घर निमार्ण गर्नेहरुको संख्या बढ्दो छ । विस्तारै कृषि उत्पादनमा समेत हरेक बर्ष गिरावट आएको छ’ उनले भने, ‘भाडाका घरबाट पै्रसा त आउला तर आफ्नै खेतमा उत्पादन हुने अर्गानिक बालि कतैबाट आउँदैन, पछि पछुताउनुपर्ला ।

‘नगर क्षेत्रको २० रोपनी बढि खेतियोग्य जग्गामा घर निमार्ण भएपछि वार्षिक कम्तीमा ५० मेक्टिक्टन कृषि उत्पादनामा ह्रास आएको छ’ 

एक पछि अर्को गर्दै सदरमुकामको पुर्व राजसिम छेउछाउमा मात्रै दुईबर्षभित्र ६० भन्दा बढि घर तथा भवनहरु निमार्ण भएका भैसकेका छन् । कुनै बेला अन्नबालि ल्याउन वा लगाउनजाँदा उजाड र न्यास्रो लाग्ने खेतहरुमा अहिले घर भरीएपछि नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महत पनि चिन्तीत छन् । भिरपाखो जग्गा प्रयोग गर्न छाडेर खेतमै घर लगाउने अनि त्यहि खेतमै अन्न उत्पादन गरेर नागरीकले आफ्नो जिबन आफै दुखतिर धकेलेको उनको बुझाई छ । 

कुनाकोप्चामा भएका पुराना घरमा कसैलेपनि भाडामा बस्न नमानेपछि भाडाको मोहले खेतियोग्य जमिन मासेरै भएपनि खेतमा घर बनाउन बाध्य भएको घरधनी यज्ञबहादुर महतले तर्क गरे । ‘अन्य कुनै ब्यवसाय छैन, भएको खेतियोग्य जमिनमा बनाएको घरभाडाले बालबच्चा पढाउन र आफ्नो जिविकोपार्जन गर्न सहज छ, तर भाडाको प्रैसाले आफ्नो बारीमा उत्पादन भएजस्तो अर्गानिक अन्नपात किनेर खान पाईदैन, उनले भने ।’       

नँया घर बनाउन नदिईने       

चन्दननाथ नगरपालिकाले खेतीयोग्य जमिनमा अब नँया घर तथा भवन निमार्ण गर्न नदिने तयारी गरेको छ । यसअघिका अधिकांस भवनहरु भवन निर्माण आचारसंहिता विपरीत नगरपालिकाबाट नक्सा पास नगरेरै धमाधम निर्मण भएको नगरपालिकाले जनाएको छ । ‘हामि नँया कानुन बनाउदै छौ, सोहि अनुसार अघि बढ्ने छौ, तर तत्कालका लागि भने, खेतियोग्य जमिनमा घर बनाउन दिईने छैन’ मेयर कान्तिका सेजुवालले भनिन् । घर निर्माणले खेतियोग्य जमिन मासिदै जाँदा अर्गानिक बालि उत्पादनमा ह्रास आएपछि जिल्लाको पहिचान गुम्ने खतरामा रहेको उनको भनाई छ । अर्गानिक जिल्लाकै रुपमा पर्यटक भित्राउन सकिने संभावना रहेको भन्दै खेतियोग्य जमिनको संरक्षण गर्ने निति ल्याईने उनले बताईन् । 

‘जथाभावि घर निर्माणले बजारका सडक साँगुरो बन्दै गएपछि सवारी आउजाउमा समस्या छ, बजारमै धेरै पटक आगलागि भए, तर साँगुरो सडककै कारण भएको दमकल पनि प्रयोगमा आएन’ उनले भनिन् । ‘कसैले पनि मनोमानि भवन निर्माण गर्न पाईदैन, नगरपालिकाको सिफारिस बिना निमार्ण हुने घरको निगरानी गरीनेछ अटेरी गर्न खोजे कार्बाहिको प्रक्रिया थाल्नेछौ ।’     

कानुन कार्यान्वयन गर्छौ     

न्यायिक समिति संसोजक तथा उपमेयर अप्सरा देवि महतले भनिन्, ‘सर्वोच्च अदालतले यसअघि सरकारको खेतीयोग्य जमिनलाई प्लटिङ (खण्डीकरण) गर्न नपाउने निर्णय सदर गरेको छ। यससँगै अब कृषियोग्य जमिनलाई केही सर्तबाहेकका अवस्थामा घरहरु निमार्ण गर्न पाइने छैन ।’ 

उनका अनुसार कृषियोग्य जमिनको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न सरकारले कृषियोग्य जग्गा, कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न र घरजग्गा धनीले पनि घर निमार्ण गर्न नपाउने निर्णय गरेको छ । गत साउन २६ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको प्लटिङ गर्न नपाउने निर्णय गरेको हो । 

‘सरकारी निर्णय कार्यान्वयन हुने भएपछि अब कुनै जग्गाधनीले एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ताकाट गरी जग्गा बिक्री÷वितरण गर्न पाउने छैनन् । यस्ता सरकारका कानुनी प्रक्रियालाई अब नगरपालिकाले नगरबासीलाई पुर्ण पालाना गर्न लगाउने छ, उनले भनिन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित