2026-08-26 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ सिम्पानीका वासिन्दाद्वारा खानेपानिको चरम समस्याका कारण बर्षेनी बसाइसराइ

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | खानेपानिको चरम समस्याका कारण खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थानिय दुई वर्षयता निरन्तर बसाई सर्न थालेका छन् । साविकको ३ नम्बर वडा बर्रेमा पानिको मुहान सुक्न थालेदेखी हालसम्म १५ घर बढी बसाईसरार्ई गरेर अन्यत्र गएका छन् ।

दुईबर्ष अघि स्थानिय जिमाहा धाराको मुहान खडेरीले सुकेपछि घण्टौ हिडेर खानेपानिका समस्या जेल्दै आएका स्थानिय अन्ततः अन्तै बसाई सरेका हुन् । पुस्तौपुस्ता उपभोग गर्दै आएको खानेपानिको मुहान खडेरीले सुकेपछि दैनिक जनजिबन गुजारा गर्न चरम समस्या भएको भन्दै स्थानियहरु अन्तै जान थालेका हुन् ।

बिगत लामो समयदेखी बर्रे गाउँको बिचमा रहेको स्थानिय जिमाहा धाराको मुहान सुकेपछि पानिको समस्या समाधानका लागि गाउँपालिका र वडा कार्यालयले साविक १ नम्बर वडादेखी पानि तान्नलाई १३ लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, साविक १ नम्बर वडामै पानि नपुगेकाले उक्त योजना त्यतिकै रहेको छ । आसपासमा पानिको श्रोत नभएकाले बर्रेका ३० घर बढी परिवार दुईबर्ष देखी पानिको चरम समस्या झेल्दै बसाई सर्न थालेका छन् ।

बिकल्पमा साविक ३ वडाका केही स्थानिय राम बहादुर गिरीले खरीद गरेको खेतको पानि घण्टौ कुरेर खाना पकाउन र पिउनका लागि मात्रै उपभोग गरिरहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीका स्थानिय शिखर खतिवडाले जनाए । केहीले साविक १ वडाबाट पानि ल्याएर जिबन गुजारा गरिरहेका छन् । घरदेखी टाढा गएर ढेड घण्टा लाईन कुरेर पानि थाप्नुपर्ने अवस्था छ । उहाँले भने, “दुधभन्दा फारो गरेर पानि खानु परेको छ । गाईभैसीलाई दिने पानि छैन ।” 

खानेपानिका कारण स्थानियहरु बसाईसराई जाँदा गाउँ बेरुप बन्दै गएको छ । जसोतसो पानिको समस्या टार्दै बसेकाहरुले गाईबस्तु पाल्न छोडेका छन् । आफूले पालेका पशु चौपायालाई पानि खुवाउन २ घण्टाको बाटो हिडाएर खोलामा लानुपर्ने बाध्यता रहेको सिम्पानीका वडाध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । हामीले खानेपानिका लागि बजेट विनियोजन गरेका थियौ । वडाध्यक्ष थापाले भने, ‘साविक १ नम्बर वडाले आफंैलाई पानि नपुग्ने भनेर विरोध गरेपछि वडाले छुटाएको तीन लाख बजेट सडकमा लगायौं ।

मानव जिबनका लागि अनिवार्य खानेपानि नहुंदा सबैभन्दा बढी सुत्केरी आमा, बृद्धबृद्धा, तथा बालबालिकालाई समस्या हुने गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग