Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/बैशाख २१, खोटाङ | चट्याङ लागेर खोटाङमा एकजनाको मृत्यु भएको छ । विहीबार राती साढे १० बजे पानीसँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी वालम्पाकी २३ वर्षीय शर्मिला आले मगरको मृत्यु भएको हो ।

हावाहुरीसहित पानी परेपछि घरमा पालिएको ब्रोइलर कुखुरालाई फर्ममा दाना दिन जाँदा चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको मृतककी कान्छा काका चुमोल आले मगरले जानकारी दिनुभयो ।

मृतक शर्मिलाको श्रीमान र १ वर्षीय छोरी रहेको छ । चट्याङ लाग्दा उनका भाई १८ वर्षीय कैलाश आले मगर घाईते भएका थिए । एकघण्टा बेहोस भएका उनको अवस्थामा सुधार आएको जिल्ला प्रहरी कार्यलय दिक्तेलका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।