२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अज्ञात रोगले थलिनुभएका झापाकी अरुणा श्रेष्ठको अपिल

२१ बैशाख २०७५, शुक्रबार १०:३५

वैशाख २१, झापा | झापा भद्रपुर नगरपालिका–३ भीमनगरकी २७ वर्षीया अरुणा श्रेष्ठ अज्ञात रोगले थलिनुभएको छ । नौ वर्षकै उमेरमा शरीर विस्तारै कमजोर हुँदै गएका कारण अहिले उहाँ पूर्णरुपमा असशक्त बन्नुभएको हो । 

अरुणा अहिले न हिँडडुल गर्न सक्नुहुन्छ न त राम्रोसँग बोल्न नै । ‘‘उपचारका लागि धेरै ठाउँ धाएँ, न रोग पत्ता लाग्यो न त उपचार नै भयो’’, आफ्नो पीडा सुनाउँदै उहाँले भन्नुभयो, “सक्दो उपचार गरियो तर अहिले आर्थिक अभावले घरमै थलिएर बसेकी छु ।” 

अरुजस्तै हिँडडुल गर्ने, हाँसखेल गर्ने इच्छा त थियो भन्दै उहाँले आग्रह गर्नुभयो, “आर्थिक सहयोग पाएर उपचार गर्न सके निको हुन्थेँ होला ।” मर्नु न बाँच्नुको अवस्थामा रहनुभएकी अरुणाले मनकारीसँग सहयोगको याचना समेत गर्नुभयो । 

निर्वाचन ताका भोट माग्नेहरुले आश्वासन दिए पनि त्यसपछि नआएको अरुणाको गुनासो थियो । ‘भोट माग्न आउँदा उपचारमा सहयोग गर्ने आश्वासन पाएकी थिएँ’, उहाँले भन्नुभयो, “भोट माग्न आउने अहिले कता हराए, मैले सहयोग पाइन ।” 

अरुणाको उपचारका लागि ठूलै खर्च गरेको आमा दमन्ता ताम्राकारले बताउनुभयो । “शुरुमा उपचारका लागि मेचीअञ्चल अस्पताल लगियो तर त्यहाँको औषधिले काम नगरेपछि व्यायाम र झारपूmकबाट उहाँको रोग निको बनाउने प्रयास गरियो”, उहाँले भन्नुभयो, “त्यसपछि उपचारका लागि नेपाल हुँदै भारतका विभिन्न अस्पताल लगियो, कसैले रोग पत्ता लगाउन सकेनन् । आर्थिक समस्या भएकाले थप उपचारका लागि अब कहीँ लान सक्ने स्थिति भएन ।” 

केही वर्षअघि वैवाहिक जीवनमा बाँधिनुभएकी अरुणाले श्रीमान्ले समेत साथ छोडेका छन् । उहाँले भन्नुभयो, “बिरामी परेपछि जीवनभरसँगै बाँच्ने कसम खाएका श्रीमान्ले पनि छाडेर अर्कै विवाह गरे ।’’ अरुणा अहिले माइतीको शरणमा हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो