2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

टिकापुरमा घटना घटाउने देउवा, रावल र भट्ट हुन्: थारु नेता लेखी

unnamed (1)

अजयकुमार साह/भदौं १६, उदयपुर । आफ्ना
हक अधिकारका लागी शान्तिपूर्ण आन्दोलन गरिरहेका थारुहरुलाई दमन गर्ने नियतले टिकापुरमा घटाईएको
नरसंहारको पछाडी काँग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता भिम रावल र माओवादी नेता लेखराज भट्टको हात
रहेको थारु नेता राजकुमार लेखीले दावी गरेकाछन् ।

तिन साता देखी
भईरहेको थारु आन्दोलनको बारेमा जनतालाई जानकारी दिनका लागी जिल्ला दौडाहामा रहेका जनजाती महासंघका पूर्व
अध्यक्ष समेत रहेका नेता लेखीले आज उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका
हुन् ।

उनले थारुहरुले देउवा लगायतका सामन्ती नेताहरुको
जग्गाबाट हक मागेको नभई सदियौदेखी पिल्सिएका थारु समुदायको उत्थानकालागी राज्य सँग अधिकार मागेको बताए ।
नेता लेखीले थारुहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई दबाउने र हातहतियारको प्रयोग गरी तितरबितर
पार्ने उद्देश्यले अखण्ड पक्षधरहरु सँग मिलेर षड्यन्त्र पूर्वक नरसंहार गरिएको आरोप लगाए ।

लोकतान्त्रिक अभ्यास, प्रेस स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनमा विश्वास
गर्ने थारुहरु माथी दमन गर्ने उद्देश्यले टिकापुरमा कफ्र्यूको अवस्थामा २५ वटा घरमा आगो लगाउने काम यीनै
नेताहरुको निर्देशनमा भएको उहाँले ठोकुवा गर्नुभयो । पत्रकार सम्मेलनमा पटक पटक दोहो¥याउँदै नेता लेखीले
देउवा, रावल र भट्टको तिव्र आलोचना गरे ।

तिन साता लामो आन्दोलन
चर्किदा समेत राज्यले कानमा तेल हालेर बसरिहेको बताउँदै थारु नेता लेखीले अहिलेको आन्दोलन भनेको
थारुहरुको हक अधिकार संविधानमा सुनिश्चित गर्ने अन्तिम अवसर समेत भएकोले अधिकार नलिई त्यती सजिलै
आन्दोलन नतुहिने दावी गर्नुभयो ।

नेता लेखीले थारुहरु
शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने भएको र अहिले सम्म शान्तिपूर्ण आन्दोलनकालागी प्रयासरत रहेकोमा
राज्य पक्षले हतियार प्रयोग गरेर गर्ने दमनको सामना गर्न समेत तयार रहेको बताए । उनले भने, “हामीहरु
माथी ईटा प्रहार हुन्छ भने त्यसको जवाफ हामी पत्थरले दिनेछौं ।”

उदयपुरमा भईरहेको थारु आन्दोलनको आज १८ औं दिनमा सदरमुकाम गाईघाटमा आयोजना गर्न लागिएको बृहत
जनप्रदर्शनलाई सम्बोधन गर्न उदयपुर आईपुगेका नेता लेखीले राज्यद्वारा पछाडी पारिएका सवै पक्ष सँग
सहकार्यका साथ आन्दोलनमा अगाडी बढ्ने र विशेष गरेर मधेशवादी दलहरुसँगको सहकार्यमा आन्दोलनलाई उचाईमा
पु¥याईने धारणा व्यक्त गरे ।

जनजाती पत्रकार महासंघ(फोनिज) ले
आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखीले राज्य पक्षसँग हुने अबको वार्ता केन्द्रमा नभई तराईमै गरिने
र वार्ता निर्णयक गरिने धारणा व्यक्त गर्नुभयो । आयोजित पत्रकार सम्मेलनमा थारु युवा नेता कानुन चौधरी,
जिल्ला नेताहरु जयराम पंजियार, प्रदीप चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।

थारु आन्दोलनको आज १८ औं दिनमा सदरमुकाम गाईघाटमा आयोजना गरिने बृहत जनसभामा करिब १०
हजार जनताको उपस्थिती रहने जिल्ला नेता प्रदीप चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई