Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्षमा लुइँटेल निर्वाचित

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २२, सुरुङ्गा | नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो ।

अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ ।

महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी हुनुभएको छ । महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी हुनुभएको छ ।

त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (विमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित हुनुभएको छ ।

मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित हुनुभएको पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिनुभयो ।

यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।  रासस

तश्विर: घनश्याम भण्डारीको फेसबुकबाट