2026-07-24 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठूलो दुर्घटना हुनबाट जोगियो बस

File Photo

File Photo

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भयोे । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घाइते हुनेमा तिलाहार ३ का २९ बर्षिया रञ्जिना महतको , नीजको छोरा ६ को अनुभव महत र  कुनपा १० का १० बर्षे आलोक गुरुङ रहेका छन् ।उनीहरुको जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि घर फर्किएका छन् ।

विहान बसको इन्जीन चालु गरेर रोकी राखी चालक चिया पसलमा चिया पिउन गएपछि गाडी एकाएक आफै चलेको थियो । बस एकाएक गुडेपछि यात्र्ुहरुमा क्रास फैलिएको थियो । गाडी झण्डै १ सय मिटरको दुरीमा गएपछि नालीमा पसेको थियो । बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

जिम्मेवार को ?
जिल्लाको सवैभन्दा बढी चहलपहल हुने र भीडभाड हुने ठाउँ हो शिवालयचोक , त्यसमाथि पनि जिल्लाबाट विभिन्न ठाउँका लागि छुट्ने सावारी साधनको पार्किङ स्थल होस् वा रोक्ने र यात्रु चढाउने ठाउँ हो शिवालय चोक । अति भीडभाड हुने शिवालयचोकमा सवारी साधनको इन्जीन संचालन गरेर चिया पसलमा चिया कफमा भुल्ने चालकका लापरवाहीका कारण धन्नै दर्जनौ यात्रुहरुको ज्यान गएन ।

न्युट्रोल अबस्थामा गाडीको इन्जीन चलाएर राखेर चालक चिया गफमा मस्त हुदाँ झण्डै जिल्लामा ठ्रूलो दुरघर्टना हुन बाट रोकियो । बस सिधा चलेको भए मोदी नदीमा गएर गाडी मिसीने पक्कापक्कीनै थियो तर अचानक गाडी आफै मोडिएका कारण नालीमा पुग्यो र ठूलो दुर्घटना हुनबाट बच्यो । जिल्लाभित्रै चल्ने उक्त गाडीमा कम्तीमा तीस यात्रु गन्तव्यका लागि चढेका थिए । सवारी साधनको इन्जीन चालु राखेर चिया गफमा लाग्नु चालकको गल्ती हो ।

सवारी साधन रोकेर रोखेको बेलामा वा पाकिङमा राख्दा इन्जीन बन्द गर्नुपर्छ र आवश्यक परेको बेलामा मात्रै चलाउनु पर्ने थियो तर चालकका लापरवाहीका कारण धन्न ठूलो दुर्घटना हुन पाएन । सवारी साधन पार्किङमा राख्दा इन्जीन बन्द गरेर राख्नु पर्छ वा  सवारी साधन ओलारो ठाउँमा भए पाङ्ग्रामा ओट वा कुनै बस्तु राख्नुपर्छ जसका कारण सवारी साधन अचानक अगाडी बढ्न पाउँदैनन । तर त्यहाँ त्यसो हुन पनि सकेन । ट्राफिक प्रहरीले ट्राफिक सचेतना जगाएता पनि सोही अनुसारको काम भने नभएको पनि यस घटनाले पुष्टि गर्यो एकाएक बस हिड्नु कुनै संयोग पनि हैन । सानो कुरामा ध्यान नदिदाँ ठूलो दुर्घटना हुन बाटा जोएिता पनि यस्ता साना कुराले गर्दा ठूलो क्षती हुनेगर्छ यसतर्फ चालक सचेत र सजग रहनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक