२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

लागूऔषध नाईट्रोसन सहित ३ जना पक्राउ

२२ भाद्र २०७२, मंगलवार ०७:२६

अजयकुमार साह/भदौं २२, उदयपुर । जिल्ला
प्रहरी कार्यालय उदयपुरले लागु औषध सहित पक्राउ परेका तिन जनालाई आज मंगलबार पत्रकार सम्मेलन गरी
सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.
२ का बर्ष १८ का मनिष सिलवाल, त्रिनपा वडा नं.७ का बर्ष १८ कै विकास विक र सोही ठाउँ बस्ने बर्ष १८ का
सरोज घिमिरे रहेकाछन् ।

पक्राउ परेका सिलवालको साथबाट ३० थान
नाईट्रोसन, विक र सरोज घिमिरेको साथबाट २३ थान नाईट्रोसन र ५०० ग्राम गाँजा सहित पक्राउ परेको पत्रकार
सम्मेलनमा जानकारी गराईएकोछ ।

लागू औषध नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय भएपनि
लुकीछिपी ओसार पसार भईरहेको कारण सेवनमा समेत बृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव
उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले बताए । पक्राउ परेका तिनै जनालाई लागू औषध (सजाय र नियन्त्रण) ऐन
२०३३ अनुसार कारवाही अगाडी बढाउने उनले बताए ।

प्रनाउ
गुरुङ्गलले लागूऔषध सेवन र ओसार पसारमा युवाहरुको संलग्नता बढीरहेकोले नियन्त्रणका लागी प्रहरी मात्र
नभई सवै पक्षले समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।

यता शान्ति
सुरक्षाका लागी प्रहरी सक्रियता बढे पनि उदयपुरमा विभिन्न अपराधका घटनामा उल्लेख्य वृद्धि भएको जनाईएको
छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा गतबर्ष मुद्दाको संख्यामा
बृद्धि भएको जनाएको छ । आर्थिक बर्ष ०७०।०७१ मा २४७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष ०७१/७२ मा बढेर
३०६ वटा पुगेको प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७२।०७३ को हालसम्मको अवधिमा विभिन्न
अपराधमा संलग्न २२ जनालाई पक्राउ गरि कार्वाही पक्रिया अगाडी बढाएको प्रनाउ गुरुङ्गले बताए ।

प्रहरीका अनुसार जवरजस्ती करणी, लागू औषध, झुण्डिएर आत्महत्या गर्नेको
संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । भने केही सार्वजनिक अपराधका घटनामा भने कमी आएको छ । अघिल्लो
बर्ष १२१ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएकोमा गत बर्ष घटेर ५९ वटा मात्र दर्ता भएको जिल्ला
प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली