२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पोखरा– बागलुङ सडक छ घण्टा बन्द, यस्तो छ कारण

२०७५, २५ बैशाख मंगलवार ०६:३२

वैशाख २५ फलेवास, पर्वत | पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । 

सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८:३० बजेसम्म डेढ घण्टा तथा बिहान ९:३० देखि १०:३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ । 

अपराह्न १२:३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताउनुभयो । 

मध्यपहाडी सडक आयोजना कार्यालयसँग समन्वय गरेर सडक बन्द गरिएको उहाँले जानकारी दिनुभयो । गिरिचोकदेखि नयाँपुलसम्म झण्डै दुई किलोमिट क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाइ छ ।

“आयोजनासँंग समन्वय गरी यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरी बन्द गरेका छौँ”, उहाँले भन्नुभयो, “बीचमा छ घण्टा भनिए पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ।” उक्त खण्ड फराकिलो बनाउन झण्डै एक महिना लाग्ने भएकाले त्यस अवधिमा यातायात बन्द हुनेछ । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजन इञ्जिनीयर रमेशकुमार दृष्टिले भने पूर्व सूचनाविना नै बन्दभन्दा पनि केहीबेर सवारी रोकेर काम गरिएको बताउनुभयो । सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकार भएकाहरुसहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताउनुभयो । 

कास्कीका प्रजिअ तारानाथ अधिकारीले सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अगाडि बढाएको होला भनी अनभिज्ञता प्रकट गर्नुभयो । “सडक निर्माण गर्दा पूर्वसूचना गरी स्थानीय सरोकारवालासहितको सहमतिमा गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । 

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ । 

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो । 

सो सडक विस्तार र स्तरोन्नति गर्न करीब रु तीन अर्ब ३२ करोड लागत पर्नेछ । यता विनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने