२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिसेफनेपालको सातौ साधारण सभा तथा तेश्रो अधिवेसन सम्पन्न

२१ चैत्र २०७२, आईतवार ०३:२४

पर्वत  , जिल्लामा त्रृmयासिल समाज सुधार सेवामञ्च सिसेफनेपालको सातौ बाषर््िाक साधारण सभा तथा तेश्रो अधिवेसन सम्पन्न सम्पन्न भएको छ । स्नेहमिलन भवन बडागाँउमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला खेलकुद विकास समिती का अध्यक्ष प्रेम गुरुङ्गले अगामी वर्षको सस्थाको नारा पढेर उद्घाटन गर्नुभएको थियो ।

सातौ साधारण सभा तथा तेश्रो अधिवेसनको नारा पिसपार्कतथा सर्वजनिक सुचना केन्द्र संचालन हाम्र अभिभारा लेखिएको पेलेकार्ड  सर्वजनिक गर्दा संस्थाका सम्पुण सदस्यहरुले तालि वजाएका थिए । सस्थाका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, संस्थापक सल्लाहाकार विष्णु प्रसाद नेवार,पर्वत मिलन कलवका अध्यक्ष लक्ष्मण श्रेष्ठ,पर्वत मिलन महिला समुहकी अध्यक्ष बुद्धिकुमारी श्रेष्ठ,सल्लाहाकार तथा पत्रकार गणेश पौडेल, सल्लाहाकार यज्ञ प्रसाद शर्मा,पर्वत सुनचाँदी ब्यावसायिसंघका अध्यक्ष लखन सुनार आदिले मन्तब्य राख्नुभएको थियो सचिव कामना रेग्मीले संचालन गरेको उद्घाटन सत्रको कार्यक्रममा स्वागत थमनारायण पौडेलले गरेक थिए ।

उद्घाटन सत्र समापन पछि भएको वन्द सत्र मा अध्यक्ष, सचिव,कर्यक्रम निर्देशक तथा कोषाध्यक्ष बिष्णुराज पुरीको अर्थिक प्रतिवेदन माथि छलफल भएको थियो । आगामि कार्यकालका लागि थमनारायण पौडेलको अध्यक्षतामा १३ जनाको कार्यसमिती चयन भएको छ । बरिष्ठ उपाध्यक्ष बिष्णुराज पुरी,उपाध्यक्षमा कामना रेग्मी,सचिवमा निशा गुरुङ्ग, सह सचिव पुजा रेग्मी, कोषाध्यक्षमा बिश्वराज श्रेष्ठ,सहकोषाध्यक्षमा बिजया जोशि तथा सदस्य हरुमा कमल शर्मा पौडेल,गोविन्द रिजाल,ईश्वरी पाठक,गंगाबहादुर गुरुङ्ग,राजेश पौडेल तथा राजन रेग्मी लाई चयन गरेको छ । साथै भेलाले पाँच जना आमन्त्रीत सदस्य समेत चयन गरेको छ ।

आमन्त्रीत सदस्यहरुमा सरस्वती वस्नेत,देवि श्रेष्ठ,सन्तोस लामिछाने,प्रभा श्रेष्ठ,ईश्वरी श्रेष्ठ रहेका छन् सल्लाहाकार हरुमा बुद्धिकुमारी श्रेष्ठ,गणेश पौडेल,यज्ञ प्रसाद शर्मा,हेमराज लामिछाने लाई चयन गरेको छ । संस्था आगामि दिनमा सामजिक कार्यहरुमा सत्रृmय रहने वताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य