२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

१४ वर्षिया बालिका बलात्कार गर्ने १ युवकलाई आठ वर्ष कैद फैसला

२६ बैशाख २०७५, बुधबार ०७:४४

वैशाख २६ भक्तपुर | चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ । 

बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला गरेको हो । 

अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद फैसलाका साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत रु एक लाखको क्षतिपूर्ति भराउने फैसला भएको बताउनुभयो । 

कक्षा ९ मा अध्ययनरत बालिकालाई सुनच्यौरीले २०७४ साल साउन २ गते राति करीब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो । 

बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको सोही दिन घर पुगेपछि बालिकाले आमालाई बताएकी थिइन् । परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी बृत्त थिमिको टोलीले सोही दिन सुनच्यौरीलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन