२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरथिमि प्रहरी वृत्त घेराउ, यस्तो छ कारण

२६ बैशाख २०७५, बुधबार ०८:१०

वैशाख २६ भक्तपुर | मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । 

ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको र्याली तथा प्रदर्शनपछि प्रहरी वृत्त थिमि घेराउ गरिएको हो । 

मध्यपुरथिमि बालकुमारीबाट शुरु भएको विरोध र्याली, दुईपोखरी, बाहाखा बजार, नगदेश परिक्रमा गर्दै प्रहरी वृत्त थिमि पुगेर घेराउ गरेको छ । 

प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनसँग भेट गरी आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको स्थानीयवासी विरोध समितिका सदस्य नवीनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 

थिमिका बासिन्दाले १५१ सदस्यीय विरोध समिति गठन गरेर घटनाको विरोध गर्दै आएको बताउनुभयो । 

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको र घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरीले मुख्य आक्रमणकारीलाई अझै पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् । 

स्थानीयवासीले र्याली र प्रहरी वृत्त थिमि घेराउ गर्र्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै प्रदर्शन गरेका थिए । 

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै आक्रमणकारीको पहिचान भइसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन