अजयकुमार साह/भदौं २२, उदयपुर । जिल्लाको पहाडी गाविस साउने १
मा खानेपानीको ट्यांकीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।
गोरेबहादुर सार्कीकी ३ बर्षिय छोरी एसिका
सार्कीको खानेपानीको ट्यांकीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक
सुरेन्द्र बहादुर गुरुङ्गले बताए ।
गुरुङ्गले दिएको जानकारी
अनुसार दिउँसो २ बजे घरमा खेल्नेक्रममा घरनजिकको पुरानो खानेपानीको ट्यांकीमा डुब्दा बालिकाको ज्यान
गएको हो । ट्यांकीमा पानी भरी रहेकोले बालिका डुबेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ
।