८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा (पछिल्लो अंकतालिका सहित)

२७ बैशाख २०७५, बिहीबार ०१:१३

वैशाख २७, काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत ४१ औं खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गर्दै खेल तालिकको चौथो अंकमा पुगेको छ । २११ रनको लक्ष्य दिएको मुम्बईले कोलकातामाथि १८ ओभर १ बलमै १०८ रनमा अलआउट बनाउन सफल बन्दा आइपिएल २०१८ मै सर्वाधिक उत्कृष्ट म्याच पर्दर्शन गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरको खेलमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । जसको लागि इशान किशनले उत्कृष्ट पारी खेले । किशनले २१ बलमा ५ चौका र ६ छक्काको प्रहार गर्दै ६२ रन बनाएका थिए । १७ बलमै उनले ५० रन बनाएका थिए । चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान किशन प्लेयर अफ दि म्याच बने ।

त्यस्तै मुम्बईको जीतमा रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रनको योगदान दिए । 


मुम्बईले दिएको २११ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको कोलकाता माथि सुरुआतमै मुम्बई भारी पर्यो । ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमै आउट भए । त्यसपछि रोबिन उथप्पाले जम्मा १४ रन बनाएर आउट भए । त्यस्तै आन्द्रे रसेलले २ रन तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए । यसरी कोलकाता १८. १ ओभार्कै खेलमा अल आउट हुन पुग्यो भने रन स्कोर जम्मा १०८ मात्र बन्यो ।


कोलकातालाइ सस्तैमा समेट्ने क्रममा मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिएका थिए । उसका लागि अन्य ४ विकेटमा १/१ विकेट मिचेल म्याक्लेनघन, जसप्रित बुम्राह, मायंक मर्कंडे र बेन कटिङले लिएका थिए |  

यस जीतसँगै मुम्बई ११ म्याचमा १० अंक पाएर रन रिटको आधारमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकाता समान १० अंकमै नेट रन रेटको आधारमा मुम्बईभन्दा १ स्थान तल झर्दै पाचौं स्थानमा झरेको छ ।

पछिल्लो अंक तालिका तल हेर्न सक्नुहुनेछ:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता