Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नागरिकतामा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको लापरबाही :विवरण नहेरी हस्ताक्षर गर्छन् सिडियो !

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल । बैशाख २८,काठमाण्डौ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नागरिकता फाँटका कर्मचारीले लापरबाही गर्ने गरेको तथ्य खुलेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा पतिको नाम,थर र ठेगाना कायम गराएर नागरिकता बनाएकी कविता पौडेल (कार्की) को नागरिकतामा त्रुटी भेटिएपछि यस्तो तथ्य खुलेको हो ।

रामेछाप जिल्लास्थित साविकको सैपू गाविस वडा नं ७ मा बाबु मेखबहादुर पौडेल र आमा निर्मला पौडेलको कोखबाट जन्मिएकि उनले विवाह अगाडि जिल्ला प्रशासन कार्यालय रामेछापबाट बंशजको आधारमा नागरिकता लिएकि थिइन् ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको हस्ताक्षर भएको उनको नयाँ (प्रथम प्रतिलिपि) बनाइएको नागरिकतामा बाबुको नाम,थर मेखबहादुर पौडेल (कार्की) र आमाको नाम,थर निर्मला पौडेल (कार्की) लेखिएको छ । जहाँ माइततिरका बाबुआमाको थरमा कार्की थप गरिएको छ । विवाह पश्चात उनको स्थायी ठेगाना लिखु गाउँपालीका वडा नं ४, ओखलढुङ्गा  हो ।

यस अगाडि पनि उनको थरमा अग्रेजीमा Paudel  हुनुपर्नेमा Poudel भएपछि पुन सच्चाउन दिइएको उनले बताइन् । प्रशासनका जिम्बेवार कर्मचारीको सानो त्रुटीका कारण नागरिकले सास्ती खेप्नुपरेको छ । ओखलढुङ्गाबाट नागरिकता बनाएर बिहीबारै बेलुका आइपुगेकी उनले शुक्रबारमात्रै आफ्नो नागरिकतामा त्रुटी भएको फेला परेको हो । अन्य सेवाग्राहीको पनि प्रिन्टमा विभिन्न त्रुटी देखिएपछि सच्चाउन जानुपरेको गुनासो गर्दै उनीहरु पुनः जानुपर्ने बाध्यतामा  परेका छन् ।