२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस

२०७५, २८ बैशाख शुक्रबार ०७:३३

वैशाख २८ म्याग्दी | पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । 

जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो । 

अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको सम्भाव्यता अध्ययनका लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । 

उहाँका अनुसार धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नका लागिसमेत लामो पुलको सम्भाव्यता अध्ययनका लागि सिफारिस गरिएको छ । 

“अहिले यी ठाउँमा वारपारका लागि घण्टौँको फेरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, लामो पुलहरुले एकापसमा आवतजावतलाई सहज बनाउने भएकाले सम्भाव्यता अध्ययनका लागि सिफारिस गरेका हौँ”, जिसस प्रमुख केसीले भन्नुभयो । 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । 

दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारका लागि करीब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ । 

यसअघि जिल्लाको मौवाफाँट थाकनको डिलदेखि काउलेगौडाको फेदी, रत्नेचौरदेखि बागलुङको कुँडुले र गलेश्वरदेखि राममन्दिर जोड्ने गरी लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला