2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तल्लो मोदीका ठेकेदार र कर्मचारीमाथि आक्रमण

पर्वत-कुश्मा–१२ स्थित चुवाको परादीमा निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका ठेकेदार र कर्मचारीमाथि आक्रमण भएको छ। आक्रमणमा परी ठेकेदार निलकुमार राई, पोजेक्ट म्यानेजर गोपाल रेग्मी र साइड इन्चार्ज त्रैलोक्यराज चालिसे गम्भिर घाइते भएका छन्।

उनीहरुको पोखरामा उपचार भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले जानकारी दिए।

गत शनिबार राती आयोजनाको पावर हाउस एरियाको कन्ट्रक्सन साइड कार्यालयमा प्रवेश गरी कुश्मा–१२ परादीका धुब्रकुमार पौडेल क्षेत्री र तिलाहार–१ गिज्यानका रबिन्द्रकुमार क्षेत्रीले ठेकेदार र कर्मचारीमाथि आक्रमण गरेका हुन। दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना शनिबार भएपनि आयोजनाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए । स्रोतका अनुसारपक्राउ परेका रबिन्द्रकुमार क्षेत्री नेपाली सेनामा कार्यरत रहेका छन्। उनी घर बिदामा आएका हुन। प्रहरीले भने नेपाली सेनामा भएरनभएको बारेमा आफुहरुलाई जनकारी नभएको बताएको छ।

घाइते भएका आयोजनाका ठेकेदार राईको एउटा आंखामा गम्भिर चोट लागेको छ। उनको अहिले हिमालयन आंखा अस्पताल पोखरामा उपचार भइरहेको छ।

आयोजनाको काम भइरहेको स्थलमै आएर आक्रमण हुन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र कामदार समेत त्रसित भएको बताएका छन् । आयोजनाका जनसम्पर्क अधिकृत बेलबासेले जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट कर्मचारी र कामदारको पुर्ण सुरक्षा गर्ने आश्वासन पाएपछि काम सुचारु गरिएको जानकारी दिए ।

ुहामीलाई निर्धक्कसाथ काम गर्ने बाताबरण माग गरेका छौ, प्रहरी प्रशासनबाट पुर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता पाएका छौु बेलबासेले सोमबार नागरिकसँग भने। आयोजनामा यसअघि पनि यस्ता घटना हुने गरेका छन् । २०७२ असोजमै सम्पन्न हुनुपर्ने यो जलविद्युत आयोजना बैंकसँगको सम्झौतामा ढिलाई र भारतीय नाकाबन्दीका कारण २०७३ माघसम्ममा मात्रै पुरा हुने आयोजनाले जनाएको छ । नागरिकमा खबर  छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई