२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तल्लो मोदीका ठेकेदार र कर्मचारीमाथि आक्रमण

२३ चैत्र २०७२, मंगलवार ०३:४९

पर्वत-कुश्मा–१२ स्थित चुवाको परादीमा निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका ठेकेदार र कर्मचारीमाथि आक्रमण भएको छ। आक्रमणमा परी ठेकेदार निलकुमार राई, पोजेक्ट म्यानेजर गोपाल रेग्मी र साइड इन्चार्ज त्रैलोक्यराज चालिसे गम्भिर घाइते भएका छन्।

उनीहरुको पोखरामा उपचार भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले जानकारी दिए।

गत शनिबार राती आयोजनाको पावर हाउस एरियाको कन्ट्रक्सन साइड कार्यालयमा प्रवेश गरी कुश्मा–१२ परादीका धुब्रकुमार पौडेल क्षेत्री र तिलाहार–१ गिज्यानका रबिन्द्रकुमार क्षेत्रीले ठेकेदार र कर्मचारीमाथि आक्रमण गरेका हुन। दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना शनिबार भएपनि आयोजनाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए । स्रोतका अनुसारपक्राउ परेका रबिन्द्रकुमार क्षेत्री नेपाली सेनामा कार्यरत रहेका छन्। उनी घर बिदामा आएका हुन। प्रहरीले भने नेपाली सेनामा भएरनभएको बारेमा आफुहरुलाई जनकारी नभएको बताएको छ।

घाइते भएका आयोजनाका ठेकेदार राईको एउटा आंखामा गम्भिर चोट लागेको छ। उनको अहिले हिमालयन आंखा अस्पताल पोखरामा उपचार भइरहेको छ।

आयोजनाको काम भइरहेको स्थलमै आएर आक्रमण हुन थालेपछि त्यहाँ कार्यरत कर्मचारी र कामदार समेत त्रसित भएको बताएका छन् । आयोजनाका जनसम्पर्क अधिकृत बेलबासेले जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट कर्मचारी र कामदारको पुर्ण सुरक्षा गर्ने आश्वासन पाएपछि काम सुचारु गरिएको जानकारी दिए ।

ुहामीलाई निर्धक्कसाथ काम गर्ने बाताबरण माग गरेका छौ, प्रहरी प्रशासनबाट पुर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता पाएका छौु बेलबासेले सोमबार नागरिकसँग भने। आयोजनामा यसअघि पनि यस्ता घटना हुने गरेका छन् । २०७२ असोजमै सम्पन्न हुनुपर्ने यो जलविद्युत आयोजना बैंकसँगको सम्झौतामा ढिलाई र भारतीय नाकाबन्दीका कारण २०७३ माघसम्ममा मात्रै पुरा हुने आयोजनाले जनाएको छ । नागरिकमा खबर  छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य