२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको बेसीशहरमा चोक चोकमा नि:शुल्क रगत परीक्षण

२८ बैशाख २०७५, शुक्रबार ०८:१९

वैशाख २८ बेँसीशहर, लमजुङ | लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ । 

विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो । 

रक्त समूह परीक्षण गरिएका सम्भावित रक्तदाताहरुलाई अस्पतालमा आवश्यक परेको बेला सम्पर्क गरी रगतको परिपूर्ति गर्ने अस्पतालका प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताउनुभयो । 

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र भए पनि उचित प्रयोग हुन नसकेपछि ताजा रक्तदान गर्ने रक्तदातालाई सम्पर्कमा राख्न यस्तो कार्यक्रम गरिएको हो । 

“अस्पतालमा रक्त संकलन केन्द्र छ”, श्रेष्ठले भन्नुभयो, “तर हामीले ताजा रगतका लागि आवश्यक परेको जुनसुकै बेला पनि रगत दिनसक्ने रक्तदातालाई सम्पर्कमा राखेका छौँ ।” 

बँेसीशहरको त्रिवेणी टोल, भीमसेनस्थान चोक र शेरा चोकमा छुट्टाछुट्टै शिविर गरी रगत समूह परीक्षण गरिएको थियो । जिल्लामा रगत आवश्यक परेका बेला सम्पर्क गर्न सकिने गरी उनीहरुको नाम ठेगाना र फोन नम्बर राखिएको अस्पतालले जनाएको छ । 

अस्पतालले रेडक्रस लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ, मस्र्याङ्दी युवा क्लब, त्रिवेणी युवा क्लब, बेँसीशहर युथ सोसाइटीलगायतका समूहसँग सहकार्य गरी कार्यक्रम गरेको हो । 

जिल्लामा प्रभावकारी रक्तसञ्चार केन्द्र नभएको र ताजा रक्तदाता अभाव हुँदै गएपछि विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम गरिएको अस्पतालले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन