2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीति विपरित कार्य नगर

नेपाल सरकार तथा शिक्षा विभागले सामुदायिक विद्यालयलाई केन्द्रिकरण नगर्नको लागि नीति तय गरेको छ । सामुदायिक विद्यालयलाई जिल्लामा केन्द्रिकरण नगरी विकेन्द्रीकरणको नीति अबलम्वन गर्नको लागि जिल्ला शिक्षा कार्यालयलाई विगतका बर्षहरुमा निर्देशन दिदै आएता पनि जिल्ला शिक्षा कार्यालय पर्वतले भने सोही अनुसारको काम भने गरेको छैन ।

शिक्षा विभागको नीतिलाई जिल्ला शिक्षा कार्यालय पर्वतले विगत दुइ बर्षयता उल्लंघन गरी एसएलसी परिक्षा सदरमुकाममा केन्द्रित गरी नीजि विद्यालयमा संचालन गर्दै आइरहेको छ । यस बर्षपनि जिल्लाका दुई परिक्षाकेन्द्रलाई जिल्लामा सारी दुइवटा नीजि विद्यालयबाट संचालन गर्दै आएको छ । जिल्लामा १९ केन्द्रमध्ये जिल्लामा दुई वटा नीजि विद्यालयलाई केन्द्र तोकिएको छ । सामुदायिक विद्यालयको दुरदशाको बारेमा व्यवास्था गर्नै       गरेको पनि शिक्षाकार्यालयको कार्यले पुष्टि गरेको छ ।

सामुदायिक विद्यालयमा भौतीक संरचनाको अभाव छ वा केन्द्र बनाउनको लागि आवश्यक कुराहरु छैनन भने त्यस्ता बस्तुको निर्माण तथा पुरा गर्नको लागि आवश्यक कदम चाल्नुपर्छ । सरकारी तलबभत्ता खाने तर सरकारी वा सामुदायिक विद्यालयलाई अपहेलना गरी नीजि विद्यालयसँग हिमचिम हुने र आफुलाई नजिक र जिल्लाभित्र केन्द्र बनाई नीतिलाईलाई तिलाञ्जली दिन भने हुदैन । पछिल्लो समयमा शिक्षा कार्यालयका कर्मचारीले निजी विद्यालयमा आफ्ना छोराछोरी निशुल्क पढाउँदै आफ्नो हिमचिम बढाएको समाचार बाहिर आएको छ भने त्यहि अनुरुप शिक्षा कार्यालयको चत्रिकला देखिएको छ ।

कि त नीतिलाई मान्दैनौ भन्नु पर्यो कि त नीतिलाई आत्मासाथ गर्नको लागि आवश्यक कुरा समयअनुकुल मिलाउन सक्नुपर्यो तब मात्र बफादार कहलिने छ । जून घरको जूठो खायो उही घरको बखान गर्नुको सत्ता विरोध र तिरस्कार गर्दै जाने हो भने शिक्षा कार्यालयका कर्मचारी र नीजि विद्यालयविच कुनै साठगाठ मिलेको छ भन्ने पुष्टि हुन आउँछ । नीतिमा उल्लेख भए अनुसारको कार्य गर्न नसक्ने व्यक्ति सरकारी तलब भत्ता खाएर पदमा बस्नुको पनि कुनै अर्थ रहदैन त्यसैले  नीति विपरितको कार्य गर्नेलाई कारवाही गर्नु आवश्यक छ । कि त शिक्षा मन्त्रालयले कुनै नीति नै तय गरेको छैन भन्न सक्नुपर्यो कि त नीतिको पालना गर्नु आवश्यक छ ।

यदी सामुदायिक विद्यालयमा आवश्यक भौतिक पूर्वधार देखि लिएर पानी, शौचालय र सुरक्षाको ग्यारेण्टी छैन भने सोही अनुसारको कार्य गर्नको लागि सम्बन्धीत विद्यालयलाई गराउन अनुरोध गर्नुपर्यो हैन भने आफ्नो स्वार्थ र अल्छी पनको सजाय अभिभावक र विद्यार्थीलाई दिन हुदैन । सदरमुकाममा केन्द्र बनाउँदाँ नीति उल्लघन त भएको छ अभिभावकलाई आर्थिक भार परेको छ ।

सम्बन्धीत क्षेत्रका केन्द्र भएको भए विद्यार्थीमा कुने किसिमको भय सिर्जना हुने थिएन र उनीहरु क्रास मुक्त बाताबरणमा परिक्षा दिने थिए तर जिल्लामा केन्द्र बनाउदाँ उनीहरुलाई कतै सजायनै दिइएको हो की भन्ने भान भएको छ त्यसलै सम्बन्धीत निकायले आगामी दिनमा शिक्षा ऐनको नीति विपरीत कार्य नगरोस् र आफ्ना स्वार्थ र अल्छीपनको सजाय अभिभावक र विद्यार्थीलाई नदिओस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई