२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा भिरबाट लडेर एकको मृत्यु, एक घाईते

२०७५, २९ बैशाख शनिबार ०८:४३

नन्द बहादुर रोकाया | वैशाख २९, मुगु | मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रवार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

सोरु गाउँपालिका ६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमा तर्फ फर्कदैं गर्दा मोडधारा भन्ने स्थानमा भिरबाट १ सय २० मिटर तल खस्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो । उनिसंगै आएका काला लावड भिरबाट खसे पनि बाँच्न सफल भएका छन । मृतक लावड  घरबाट चामल किन्न सोरुकोट गएका थिए भने काला फोतु गाउँबाट फर्किएका थिए । दुवै जनाको सोरुकोटमा भेट भएको र उनिहरुले मदिरा सेवन गरेर घर फर्कदैं गरेका थिए । दुबै जनाले एक आपसमा हात समाएर हिड्दै गर्दा दुवै जना भिरबाट १ सय २० मिटर तल खसेका थिए । 

भिरबाट खस्दा कर्णको घटना स्थलमा मृत्यु भएको र काला गम्भीर घाईते भएको काला लावडका काका प्रेम लावडले जानकारी दिए ।मृतक लावडको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ भने गम्भीर घाईते भएका काला लावडको पनि जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु