Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘१२ बर्षमा खोला त फर्केर आउँछ भन्छन् तर यहाँ १२ बर्षमा बत्ति आएन’

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया | वैशाख २९, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका १४ का ६५ वर्षिया चन्द्र बहादुर बढुवालले गाउँमा बिजुली आउँला र बालौला भन्ने सपना देख्न थालेको १२ बर्ष भयो । चन्द्र बहादुरको गाउँमा कहिल्यै बिजुली आएन ।

चन्द्रबहादुर जस्तै छायाँनाथ रारा १४ का  झण्डै ३ सय घरदुरीको सपना छ गाउँमा बिजुली आउँला र गाउँसँगै आफ्नो पनि भबिष्य उज्यालो होला । यस्तो सपना वहाँहरुले बिना आधार देख्नु भएको भने हैन ।  २०६४ साल अर्थात १२ बर्ष अघि  जिल्ला उर्जा शाखाको सहयोगमा  १९ किलोवाट क्षमताको दरखे खोला लघु जलविद्युुत आयोजना सुरु भयो । यो आयोजना सुरु हुदाँ स्थानियहरु निकै खुशी भए ।  तर १२ वर्षमा पनि आयोजना पुरा भएन । बिजुली बलेन ।

१२ बर्षमा खोला पनि फर्केर आउछ भन्छन तर यहाँ भने आउछ भनेको बत्ति पनि आएन । बिजुलको आशामा यहाँ अहिले  हुनेखाने र क्षमता भएकाले सोलारबाटे बत्ति बाल्छन भने नसक्नेले झरो वा दियालो बालेर अँध्यारो काट्छन् । स्थानिय जंगि बढुवाल । लघु जलबिद्युत अआयोजनासंग सरोकार राख्ने व्यक्तिहरु  गाउँमा आउँछन् । बेला बेला  गाउँलेसँग भेटघाट र छलफल गर्छन् । बिजुली बाल्ने आश्वासन पनि दिन्छन । तर उनीहरुको आश्वासन  भने पुरा भएको छैन । भन्न त उनीहरुले गएको दशैमा नै रारा छायाँनाथ १४ मा बत्ति बल्छ ढुक्क हुनु भनेका हुन तर उनीहरुले भनेको ८ महिनापछी पनी बत्ति आएन भन्नुहुन्छ अर्का स्थानिय हंस बढुवाल |

२०६४ मा जिल्ला उर्जा शाखाले लघु जलबिद्युत आयोजनाका लागी २९ लाख २५ हजार रकमको सम्झौता गर्यो । सम्झौतामा जिल्ला उर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र केहि रकम जुटाउनु पर्ने भन्ने उल्लेख थियो । तर, स्थानीयले आवश्यक अनुदान रकम जुटाउन नसक्दा वत्ती बल्न नसकेको दरखे खोला लघू जलविद्युत परियोजना उपभोक्ता समितिका अध्यक्ष चखं बढुवाल बताउनुहुन्छ । लघु जलबिद्युत आयोजना अलपत्र पर्दा आयोजनाको मेसिनमा खिया लागेको छ भने पावरहाउस पनि जिर्ण वन्दै गएको छ । विद्युत जोड्नका लागि तयार पारिएका पोल पनि लथालीङग छ  । परियोजनाको ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । अब १० प्रतिशत काम मात्र बाँकी छ ।