२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आन्दोलन रोक्न शेयर निष्कासनको नाटक रच्दै शिवम् सिमेन्ट

३० बैशाख २०७५, आईतवार १२:००

वैशाख ३० मकवानपुर | बेला बेलमा शिवम सिमेन्टको ज्याजदी  विरुद्ध हने आन्दोलन रोक्न शिवम् सिमेन्ट उद्योगले नयाँ जुक्ती रचेको छ। 

स्थानीयको पनि लगानी र जिम्मेवारी देखाएर सहज कमाउन सकिने देखिएपछि शिवम् सिमेन्टले शेयर निष्कासनको नाटक रचेको छ।  

हेटौडामा ओपिसी सिमेन्ट उत्पादनकर्ता कम्पनी शिवम् सिमेन्टले साधारण शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको छ। 

प्रिमियम मूल्य राखेर सर्वसाधारणमा शेयर निष्कासन गर्न लागेको कम्पनीका शेयर सदस्य तथा लक्की ग्रुपका अध्यक्ष सतिश मोरले जानकारी दिएका छन् । यसका लागि आवश्यक सबै प्रक्रिया अघि बढाएको उनको दाबी छ ।

शेयर निष्काशनको प्रस्ताव हाल नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा छ । फेस भ्यालुमा कति रूपैयाँ प्रिमियममा थपेर शेयर निष्कासन गर्ने भन्ने कुराको अन्तिम टुङ्गो लागिनसकेको सतशले बताए । कम्पनीको वित्तीय विवरण अनुसार सर्वसाधारण र कम्पनी दुवैलाई फाइदा हुने गरी प्रिमियम मूल्य कायम गरिने उनको दावी छ  । यद्यपि यसमा बोर्डको सहमति भने आवश्यक हुनेछ ।

सतिशले शेयर निष्कासन प्रक्रियाअन्तर्गत बोर्डद्वारा प्रारम्भिक टिप्पणी आइसकेको बताएका छन् । उक्त टिप्पणीमा कम्पनीलाई तेस्रो त्रैमासको वित्तीय विवरण पेस गर्न निर्देशन दिइएको छ । पहिलो टिप्पणीअन्तर्गत कम्पनीले बुझाएको कागजातबाटै बोर्डले अन्तिम स्वीकृति दिए शेयर निष्कासन प्रक्रिया तत्कालै अघि बढ्ने उनको भनाइ छ।सात वर्षअघि चार अर्ब लगानीमा स्थापना भएको शिवमले हाल दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता कायम राखेको छ । 

हेटौंडाको हटियामा सञ्चालित यस उद्योगको शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले कम्पनीको क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि कुन चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने आठ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता र आम सर्वसाधारणलाई १० प्रतिशतले हुन आउने ४४ करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो।

शेयर निष्काशनको प्रस्ताव कम्पनीले गत पुस २५ गते १३औँ साधारणसभाबाट पारित गरिसकेको छ ।  सोही प्रस्तावअनुसार गत चैत ६ गते शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो। प्रभावित क्षेत्रका बासिन्दाका लागि भन्दै शेयरको लोभ देखाएर विरोध र आन्दोलन मत्थर बनाएर पीडितलाई थप पिडा दिने रणनितीमा शिवम् लागेको देखिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य