२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समान व्यवहार गर

२०७२, २४ चैत्र बुधबार १३:२०

कुनै पनि राजनीतिक दलका नेतालाई निर्वाचनमा मतदान दिने बेलामा महलमा बस्ने धनाढ्य होस या झुपडीमा बस्ने गरीब होस् उसको भोट समान हुन्छ । एक गरीबले भोट दिएन भने उसको जित्ने सम्भावना एकले कम हुन्छ । अर्थात् सवैको महत्व समान छ । न कनि धनाढ्योस् या गरीव वा अन्य कु्नै मतदाता, उम्मेदवारवारलाई भोट दिदाँ पहुँचवला अथवा उसको नजिकको मान्छेको एक भोटको गणना द्ुइ र अरुको एकको एक हुदैन  अर्थात् कुनै पनि मतभेद छैन ।

नेतालाई चुनावमा जित्नको लागि जसरी हरेक समुदाय वा पहुँचको मानिस भएता पनि उनीहरुको भूमिका समान हुन्छ ठीक त्यसरीनै चुनाव जितेर देश र जनताको लागि केहि गर्छु भनेर राजनीतिमा होमिएका नेता तथा सांसदको व्यवहार पनि समान हुनुपर्छ । आफ्नो पहुँच र गुणगान गाउनेलाई सोहि अनुसारको सम्मान र व्यववहार र अरुलाई उपेक्षा गर्ने हो भने राजनीतिक दलका नेताहरुले सोचे हुन्छ की अबका दिनमा उनीहरुको हार निश्चित छ भनेर । पहिले समान व्यवहार गर्ने बाचा गरेर नागरीक विच मतदान गर्न हात जोड्नेहरु उहि बर्ग समुदायलाई उपेक्षा गरी आफ्नो र आफ्नो मुखपत्र बन्नेहरुलाई सहयोग र साथ दिने हो र जून थालमा खायो त्यहि थालमा थु्क्ने नेताको प्रविधिको यसरीनै विकास हुदै जाने हो भने एक दिन त्यसले ठूलो विकाराल रुप लिन सक्छ ।

निर्वाचनमा विजय गराउनको लागि प्रचारप्रसारमा कसैले बढी सहयोग गरेको होला कसैले नगरीकन मतदानमा मत दिए त्यो भन्दा ठूलो सहयोग गरेको होला त्यसैले सम्बन्धी क्षेत्र र ठाउँको आवश्यकता र त्यहाँको समस्या समधान गर्ने किसिमको नीति तयार पारी सांसद तथा राजनीतिक दलहरुले कार्य गर्नु जरुरी छ । आफ्नो र आफ्नो गुणगान गाउनको मात्रै उपकार गर्ने तर जून नागरिकले मतदान दिएर त्यो हैसिएत र अधिकार दिलाए उनीहरुलाई उपेक्षा गर्ने हो भने उनीहरुको राजनीति धरापमा पर्ने निश्चित नै छ ।

कुनै पनि नागरिकले मतदान गर्ने र जिताउने बेलामा उनीहरुको महत्व कम र बढी भएन त्यसका कारण राजनीतिक दलले आफ्नो स्वाथए पुरा गर्ने हो र यसरी नै कसैमाथि आर्शिवाद र सम्मान कसैलाई उपेक्षा गर्ने हो भने भोलीका दिनमा त्यही एक भोट वा उपेक्षित समुदाय र बर्गका कारण अहिले भएको पद, मानसम्मान खोसिने पक्का निश्चित छ । आफ्नो र अर्को भनी विभेद नगरौं समान व्यवहार गरौं किनकी हरेक नागरीक समान हुन र समान अधिकार र आफ्नो योगदानको कदर खोजिरहेका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ