पढ्न करिब 1 मिनेट लाग्छ

चिसाङ शेर्पा जेठ २, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि गाउँपालिकाको पहलमा उप–स्वास्थ्यचौकी स–छितापोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि मंगलबार स–छितापोखरीमा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बर्थिङ सेन्टर उदघाटन गरेका हुन् ।

गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । बर्थिङ सेन्टर स्थापनाका लागि स्वास्थ्य मन्त्रालयबाट निःशुल्क बेड, आवाश्यक उपकरण र अपुग सामग्री गाउँपालिकाले खरीद गरेपछि बर्थिङ सेन्टर सुरु गरिएको हो । यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तीन वटा बर्थिङ सेन्टर भएको छ ।

यसअघि गाउँपालिकाको याम्खा र ओख्रेमा बर्थिङ सेन्टर स्थापना भईसकेको छ ।

आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।