२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय समुदायका लागि मानव अधिकार शिक्षा तालिम सम्पन्न

२०७२, २६ चैत्र शुक्रबार १५:०८

किशोर सापकोटा, पर्वत ।  गाउँ विकास समिति, बनौ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा मानव अधिकार निगरानी समूहको आयोजनामा बनौमा दुई दिने मानव अधिकार शिक्षा तालिम सम्पन्न भएको छ ।

तालिममा गाविसस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविसमा रहेका विभिन्न सरकारी कार्यालय तथा सेवाकेन्द्रका प्रतिनिधिहरु विभिन्न विद्यालयका शिक्षकहरु, वन समूहका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, बाल अधिकार चेतना समूहका पदाधिकारीहरु गरी पैंतीस जनाको सहभागिा रहको थियो ।

चैत्र २५ र २६ गरी दुईदिनसम्म चलेको तालिममा मानव अधिकार, त्यसका आधारभूत मूल्य मान्यता र सिद्धान्तका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेल, नयाँ संविधानमा मानव अधिकारको व्यवस्था, कार्यान्वयमा देखिएका चुनौती र महिला तथा आदिबासी जनजातीका अधिकारहरुको संवैधानिक प्राब्धानका विषयमा नेपाल बार इकाई पर्वतका अध्यक्ष विश्वराज पाण्डेले र बाल अधिकारका विभिन्न विषयमा इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले सहजीकरण गरेका थिए ।

गाउँ विकास समिति, बनौ र गाविसस्तरीय मानव अधिकार निगरानी समूहको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको प्राबिधिक सहयोगमा सम्पन्न तालिमको समापन समारोहलाई सम्बोधन गर्दै इन्सेक क्षेत्रीय कार्यालय, पोखराका संयोजक शिव खकुरेलले नयाँ संविधानले व्यवस्था गरेको संवैधानिक प्राब्धानका विषयमा आम जनताहरुलाई सचेत पार्न सक्ने हो संविधान कार्यान्वयनमा समेत सहज हुन्छ भन्दै मानव अधिकारको पूर्ण ग्यारेण्टी नभएसम्म दीगो विकासको परिकल्पना असम्भव हुने बताएका थिए ।

गाविसस्तरीय मानव अधिकार निगरानी समूह, बनौंका अध्यक्ष गौबहादुर पुनको अध्यक्षता तथा इन्सकेका सामाजिक परिचालक मीना पुनको संचालनमा भएको उक्त कार्यक्रममा गाविस सचिव रामप्रसाद रिजाल, बनौं माविका प्रधानाध्यापक चक्रबहादुर पुन, नेपाली काँग्रेसका सभापति होमबहादुर पुन, नेकपा एमालेका अध्यक्ष बुद्धिप्रसाद कँडेल, एकीकृत मााओवादीका उपाध्यक्ष जितबहादुर पुन लगायतले बनौ गाविसलाई मानव अधिकार मैत्री गाविस बनाउनका लागि आफूहरु प्रत्यन्तशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ