२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा ३७ औं टंक स्मृति दिवस

२ जेष्ठ २०७५, बुधबार १४:१५

जेष्ठ २, अर्घाखाँची | अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई  राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकारसंग  माग गरेका छन् । ३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल शिक्षक संघ केन्द्रिय सल्लाहकार हरी प्रसाद भुसालले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंक को सम्मान हुन नसक्नु दुस्खद भएको बताउनुभयो ।


राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले विश्वमा भएको हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मुलुकमा गणतान्त्रिक संविधान कार्यान्वयन भइसक्दा समेत सहिद भुसालको सम्मानमा राज्य निरिह बनेकोमा आक्रोश व्यक्त गर्दै अर्घाखाँचीबाट निर्बा्चित संघ र प्रदेशका साम्सदहरुको ध्यानाकर्षण गराउनुभएको छ । 

सहिद परिवारको तर्फबाट स्रोत ब्याक्ती युवराज भुसालले सहिद टंकले राजनीतिक, सामाजिक र शैक्षिक विकासमा पुर्याएको योगदानको उचित मुल्यांकन नभएकोमा आफुहरु दुखी भएको बताउनुभयो । अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले राज्यको नजरमा सच्चा सहिद ओझेलमा परेको भन्दै सहिद परिवारलाई सरकारले दिदै आएको १० लाख रुपैयाँ टंकको परिवारलाई तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।

पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहिद टंकको परिवारलाई राज्यको नजर नपुगेमा जनताले भएपनि सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षक संघका जिल्ला उपाध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता र सचीव दल बहादुर के.सी.को सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी श्रीमती सरस्वता भुसाललाई आर्थिक सहयोग समेत गरिएको गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै