2026-10-24 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडामा सिताराम सिसमहल निर्माण, सबैका लागि खुल्ला

बैशाख ३  मकवानपुर | हेटौंडा ५ चिसापानी रंङगपथमा लक्ष्मीनारायण मन्दीरको तेस्रो तलामा निर्माण भएको सिताराम सिसमहलको आज औपचारिक रुपमा उत्घाटन गरेर सबैका लागि हेर्न र घुम्नका लागि खुल्ला गरिएको छ । 

धार्मिक पर्यटकिय तरिकाले निर्माण गरिएको सिस महलको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो सौउन्दर्यका कारण सबैक्षेत्रका व्यक्तित्वलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

सिस महल निकै सुन्दर र नयाँ रुप देखिएकाले यसक्षेत्रमा पर्यटक भित्रयाउन तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो मन्दीरका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको पनि मेयर महतले बताउनुभयो । 

सिताराम सिसमहलका लागि उपमहानगरपालिकाले दुईलाख रुपैयाँ र स्थानिय धार्मिक व्यक्तित्वहरुले अरु रकम सहयोग गरेर सिताराम सिसमहलको निर्माण गरिएको हो । लक्ष्मीनारायण मन्दीरमा पाँच बर्ष अगाढी पनि मन्दीरको भवनको दोस्रो तलामा राधाकृष्ण सिसमहल निर्माण गरिएको थियो। 

यो सिसमहलमा भगवानका धेरै रुप  र मानिस पनि भित्र छिरेमा आफ्ना अनुहार धेरै स्थानमा एकैपटक देखिने भएकाले यसको महत्व बढी भएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले बताउनुभयो । 

यो मन्दीरमा सिसमहल नेपालमा आजभन्दा पाचवर्ष अगाढी निर्माण गरिएको थियो । अहिले पनि मकवानपुर लगायत आसपासका जिल्लाबाट सिसमहलमा घुम्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने