पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख ३ मकवानपुर | हेटौंडा ५ चिसापानी रंङगपथमा लक्ष्मीनारायण मन्दीरको तेस्रो तलामा निर्माण भएको सिताराम सिसमहलको आज औपचारिक रुपमा उत्घाटन गरेर सबैका लागि हेर्न र घुम्नका लागि खुल्ला गरिएको छ ।

धार्मिक पर्यटकिय तरिकाले निर्माण गरिएको सिस महलको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो सौउन्दर्यका कारण सबैक्षेत्रका व्यक्तित्वलाई आकर्षित गर्न सकिने बताउनुभयो ।

सिस महल निकै सुन्दर र नयाँ रुप देखिएकाले यसक्षेत्रमा पर्यटक भित्रयाउन तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यो मन्दीरका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको पनि मेयर महतले बताउनुभयो ।

सिताराम सिसमहलका लागि उपमहानगरपालिकाले दुईलाख रुपैयाँ र स्थानिय धार्मिक व्यक्तित्वहरुले अरु रकम सहयोग गरेर सिताराम सिसमहलको निर्माण गरिएको हो । लक्ष्मीनारायण मन्दीरमा पाँच बर्ष अगाढी पनि मन्दीरको भवनको दोस्रो तलामा राधाकृष्ण सिसमहल निर्माण गरिएको थियो।

यो सिसमहलमा भगवानका धेरै रुप र मानिस पनि भित्र छिरेमा आफ्ना अनुहार धेरै स्थानमा एकैपटक देखिने भएकाले यसको महत्व बढी भएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष रामानुज वाग्लेले बताउनुभयो ।

यो मन्दीरमा सिसमहल नेपालमा आजभन्दा पाचवर्ष अगाढी निर्माण गरिएको थियो । अहिले पनि मकवानपुर लगायत आसपासका जिल्लाबाट सिसमहलमा घुम्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।