२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

थारु महिलाहरुले निकाले कुचो जुलुस

२०७२, २३ भाद्र बुधबार ०६:०८

अजयकुमार साह, भदौं २३, उदयपुर । संविधानमा आफनो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका थारु
समुदायले आन्दोलनको आज २६ औं दिन कुचो र हलोजुवा जुलुस निकालेर विरोध जनाएकाछन् ।

kucho julus

थारु समुदायका महिलाहरुले कुचो जुलुस गरेसंगै पुरुषहरुले हलोजुवा प्रदर्शन गरी जुलुस
गरेका छन् । आन्दोलनरत पक्षले उठाएको संघीयताको सवाल र थारु अधिकारको विरोध गर्नेहरुलाई बढार्ने भन्दै
महिलाहरुले कुचो प्रदर्शन गरी जुलुस गरेका छन भने पुरुषहरुले आफुहरु भूमिपुत्र आदिबासी जनजाति भन्ने
सन्देश दिन हालोजुवा प्रदर्शन गरेका छन् ।

थारु समुदायको विशेष सहभागितामाा निकालीएको
जनप्रदर्शनले गाईघाट बजारमा मूख्य बजार र चौकको परिक्रमा गरी मूख्य चौकमा पुगेर कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै थारु नेताहरुले थारुहरुलाई नटुक्राई प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आफुहरुको
मागलाई राज्यले पुरा नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । थारु संघर्ष समिति र थारु कल्याणकारीणी
सभा उदयपुरको नेतृत्वमा गत साउन ३० गतेदेखि अनिश्चितकालिन आमहड्ताल जारी छ ।

तराईमा तिन प्रदेश,
सेना परिचालन फिर्ता र वार्ताको वातावरण तयार गर्न जोडदार माग गर्दै नाराजुलुस गरिएको थारु कल्याणकारीणी
सभा उदयपुरका सभापति प्रदीप चौधरीले बताउनुभयो ।

आन्दोलनका मागहरु सम्बोधन नगरुन्जेल सम्म हाललाई
विहान १२ बजे पछि मात्र बजार, पसल, आन्तरिक यातायात र विद्यालय खुल्ला गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो