३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

थारु महिलाहरुले निकाले कुचो जुलुस

२३ भाद्र २०७२, बुधबार ०६:०८

अजयकुमार साह, भदौं २३, उदयपुर । संविधानमा आफनो हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका थारु
समुदायले आन्दोलनको आज २६ औं दिन कुचो र हलोजुवा जुलुस निकालेर विरोध जनाएकाछन् ।

kucho julus

थारु समुदायका महिलाहरुले कुचो जुलुस गरेसंगै पुरुषहरुले हलोजुवा प्रदर्शन गरी जुलुस
गरेका छन् । आन्दोलनरत पक्षले उठाएको संघीयताको सवाल र थारु अधिकारको विरोध गर्नेहरुलाई बढार्ने भन्दै
महिलाहरुले कुचो प्रदर्शन गरी जुलुस गरेका छन भने पुरुषहरुले आफुहरु भूमिपुत्र आदिबासी जनजाति भन्ने
सन्देश दिन हालोजुवा प्रदर्शन गरेका छन् ।

थारु समुदायको विशेष सहभागितामाा निकालीएको
जनप्रदर्शनले गाईघाट बजारमा मूख्य बजार र चौकको परिक्रमा गरी मूख्य चौकमा पुगेर कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै थारु नेताहरुले थारुहरुलाई नटुक्राई प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आफुहरुको
मागलाई राज्यले पुरा नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । थारु संघर्ष समिति र थारु कल्याणकारीणी
सभा उदयपुरको नेतृत्वमा गत साउन ३० गतेदेखि अनिश्चितकालिन आमहड्ताल जारी छ ।

तराईमा तिन प्रदेश,
सेना परिचालन फिर्ता र वार्ताको वातावरण तयार गर्न जोडदार माग गर्दै नाराजुलुस गरिएको थारु कल्याणकारीणी
सभा उदयपुरका सभापति प्रदीप चौधरीले बताउनुभयो ।

आन्दोलनका मागहरु सम्बोधन नगरुन्जेल सम्म हाललाई
विहान १२ बजे पछि मात्र बजार, पसल, आन्तरिक यातायात र विद्यालय खुल्ला गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली