२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहाबाट लागु औषधसहित एक व्यापारी पक्राउ

२०७५, ३ जेष्ठ बिहीबार ०७:३८

जेठ ३ लहान | प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै पसलबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले कामैतको होटलमा २९२ थान लागुऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । 

कामैतको होटलबाट ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र चार हजार ९०० भारु रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । 

दुई हजार लिटर घरेलु मदिरा नष्ट 

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ बाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–६ मा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टीमा छापामारी करीब रु २० लाख मूल्यबराबरको दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

अवैध रुपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा भट्टीमा छापामारी मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन