२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सातौं राष्ट्रपति प्रतियोगिता सफल पार

२०७२, २८ चैत्र आईतवार ०३:२४

खेल, खेलाडी र स्वास्थ्य एक अर्कासँग जोडिएका विषय हुन । जब मानिस वा खेलाडी खेल खेल्छ तब मात्र मानिस निरोगी र स्वास्थ्य हुन्छ  वा अर्को अर्थमा भन्नुपर्दा स्वास्थ्य भए मात्रै सोचे हुनुसारको खेलमा खेलाडीले सक्रिए शरुमा आफ्नो सहभागीता जनाई कुशल प्रदर्शन गर्नको लागि सक्षम बन्छन् ।

राजनीतिक अस्थीरता र राजनीनिक भागबण्डाका कारण देशमा दुइ कित्तामा भएका युवाहरुलाई एक पासमा जोडि सवै रिस र राग त्यगी एकताको विकुल फुकी राष्ट्रीय झण्डा उचाली म नेपाली हुँ भन्ने भावना झल्काउने खेलकुदनै हो । अन्तराष्टिय« जगतमा नेपाली र नेपालको शान झल्काउने राजनीतिज्ञ भन्दा पनि खेलाडीनै बढी छन् । न त कुनै स्वार्थ न त कुनै भेदभाव मात्र एउटै स्वार्थ राष्ट्रको स्वाभिमानको लागि खेल र एकताको सन्देश दिने खेलाडीनै हुन् ।“स्वास्थ्यकालागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद” भन्ने नारा सहित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १४ देखि १६ सम्म कुश्मामा हुदैछ ।

जिल्लामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको सातौ बर्ष पुरा हुदाँ पनि जिल्लामा अझै भने अनुसारको वा खेलाडीको लागि सहज हुने किसिमको खेलमैदानको अभाव छ । अझ भनौं खेलकुदको लागि कुनै निकाय वा प्रशानिसनीक क्षेत्रका संघसंस्थाको खेलमैदान माग्नुपर्ने अबस्था छ । जसका कारण पनि जिल्लामा खेलकुदबाट देशका लागि कहलिएका तथा खेलकुदबाट जिल्लाको नाम विश्वमा चिनाउनको लागि सक्षम र कुशल खेलाडी उत्पादन भएका छैनन् । यदि खेलकुदको लागि स्थानीय सरोकारवाला निकायले खेलमैदानको व्यवस्था गर्नको लागि सहज बाताबरण बनाउनको लागि पहल गर्ने हो भने जिल्लाबाट सयौ विधामा सयौं कृतिमानी खेलाडी उत्पादन हुने थिए होला तर त्यो भने हुन सकेको छैन । प्रतिभा भएका खेलाडीहरु पनि आवश्यक अनुसारको खेलमैदानको व्यवस्था नहुदाँ आफ्नो प्रतिभा लुकाएर राख्नुपर्ने  स्थीति छ ।

भौगोलिक रुपमा जिल्लालाई दुई क्षेत्रमा विभाजन गरीएका कारण पनि कुन ठाउँमा कहाँ र कसरी बनामउने खेलमैदान भन्नेबारेमा पनि अन्योलता छ । भौगोलिक विकटाका कारण पनि यस्तो समस्या हुन सक्छ तर पनि जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो इच्छा शक्ति भए र जिल्लाबाट राष्ट्रका लागि कृतिमानी बनाउने सक्ने खेलाडीको उत्पादन र जिल्लामा खेलकुदको विकास गर्ने हो भने स्थानीय सरकारले टुक्रे बजेटमा मात्रै सिमित राख्नु हुदैन ।

खेलकुद विकासको लागि आवश्यक पर्ने खेलमैदानको जोहो गर्नको लागि सरकारी तथा सार्वजानिक मैदानहरुको व्यवस्थीत तरीकाले प्रयोग गरी क्षेत्रफल अनुसारको खेलमैदान किटान गरेर भएपनि खेलकुदलाई अगाडी बढाउनको लागि सहयोग गर्नुपर्छ ।  नव बर्षसँगै शुरु हुने सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सफल पार्नको लागि विभिन्न तह र तप्कामा रहेका व्यक्तिले सहयोग गर्नुपर्छ । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सफल होस् यहि शुभकामना ।

नवबर्षसँगै सातौं राष्ट्रपति रनिङशिल्ड

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु