पढ्न करिब 1 मिनेट लाग्छ

जेष्ठ ४ मकवानपुर | हेटौंडा उपमहानगरपालिका भित्रको सरकारी जग्गामा बनेका घर, टहरा र जग्गा खाली गर्ने भएको छ ।

उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले सरकारी जग्गा लामो समयदेखि ओगटेर बसेका र सरकारी भवन समेत ओगटेर बसेकाहरुलाई हटाउने निणय गरेको हो। एपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सरकारी जग्गा एक हप्ताभित्रमा खाली गर्नका लागि आग्रह गरिएको छ । यदी एक हप्ताभित्रमा पनि सरकारी जग्गा खाली नगरेमा कानुन अनुसार बल प्रयोग गरेर हटाईने मेयर महतले बताउनुभयो ।

उपमहानगरपालिकाको नाममा दर्ता भएको जग्गा र सार्बजनिक जग्गा खाली गर्नका लागि बैशाख ३१ गते सर्बदलिय बैठकले निणय गरेपछी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले यो निणय गरेको हो ।

अनाधिकृत रुपमा भोगचलनगरी आईरहेका ब्यक्ति, तथा संस्थाहरुलाई एक हप्ताभित्रमा जग्गा खाली गर्नका लागि आग्रह गरि सार्बजनिक सूचना जारी गरिएको मेयर महतले बताउनुभयो । यो निणयलाई कार्यनयन गर्नका लागि अटेर गरेमा कानुन अनुसार कार्बाही गरिने समेत बताइएको छ ।