राम नारायण पंडित/जेष्ठ ४ सिरहा । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन गरेको छ ।
नेपाल सरकारबाट वृद्धा भत्ता सेवा लिईरहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि वितरण गरिरहेको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख राकेश कुमार यादबले बताए ।
निःशुल्क आयुर्बेद सेवा लिन वृद्धवृद्धाहरुहरुलाई वृद्ध भत्ता बुझ्ने प्रमाण र नेपाली नागरिकत्ताको फोटोकपी लिएर आउन प्रमुख यादबले अनुरोध गरेका छन् ।
आयुर्वेद औषधालयमा बिभिन्न रोगहरुका औषधी उपलब्ध गरेकाले रोगीहरुलाई सम्पर्क गर्न प्रमुख यादबले आग्रह गरेका हुन् ।