2026-07-25 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजनन स्वाथ्यको लक्ष्य अनुसार प्रगती हुन सकेन वर्षेनी प्रयोग दर घटदै

hospital महेन्द्र जिसी, पर्वत,  विगत चार वर्ष देखी पर्वतका सञ्चालित प्रजनन स्वाथ्य कार्यक्रमको लक्ष्य अनुसार प्रगती हुन सकेको छैन । कार्यलयको व्यवस्थापन र निजी किल्नीकको प्रभावका कारण लक्ष्य अुनसारको प्रगती हुन नसकेको हो ।  जिल्लाका ५५ स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमको लक्ष्य अनुसार प्रगती   नभएको हो ।

जिल्ला जनस्वाथ्य कार्यलय पर्वतका अनुसार  विगतका वर्षहरुमा  ५० प्रतिशत मात्र लक्ष्य पुर्ती गर्न सकीएको छ  ।  आर्थिक वर्ष ०७२÷०७३ मा गर्भ निरोधका अस्थाई साधनको उपयोगमा समेत कमी आएको हो । कार्यलयको तथ्याङ्क अनुसार  जिल्ला भर ९  हजार १४ जना मात्रले अस्थाई साधनको उपयोग गरेका छन । विभिन्न गाविसमा पुगेर कार्यलयले सञ्चालन गरेको बन्ध्याकरण शिवीरमा पनि यो वर्ष ४५ जनाले मात्र  भ्यासेक्टोमी सेवा लिएको  कार्यलयले जनाएको हो ।

कार्यलयका अनुसार अस्थाई साधनको उपयोगमा समेत कमी आएको छ  ।अहीले जिल्ला जनस्वाथ्य कार्यलय माताहातका स्वाथ्य संस्था मार्फत  पिल्स प्रयोग गर्ने ६ सय २५ जना , डिपो प्रयोग गर्ने एक हजार ४४ जना , त्यस्तै गरी अस्थाई साधनको रुपमा आईयुसीडी प्रयोग गर्ने  ५ सय ४६ जना  ईम्पलान्ट प्रयोगमा ल्याउने १ सय७४ जना पुगेका हुन । कार्यलयका अनुसार कण्डमको प्रयोग कर्तामा पनि हार्स आएको छ  गत वर्ष   ९ सय ४६ जनाले मात्र कण्डमको प्रयोग गरेका छन ।

कार्यक्रम संयोजक  विजय विकले   अघिल्लो वर्ष  नेपाल सरकारको लक्ष्यको  २६  प्रतिशत  मात्र  पुरा भएको हो भने यो  वर्ष पनि २७ प्रतिशत भन्दा माथी जान  नसकेको हो ।  नेपाल सरकारको लक्ष्य अनुसार  परिवार नियोजनको स्थाई तथा अस्थाई  साधनको उपयोगिता पर्वतमा घटेको छ । अस्पतालको वातावरण किसोर तथा युवा मैत्री हुन नसक्दा र ग्रामीण भेगमा समस्या खुलेर नआउने भएका कारण पनि अस्थाई साधनको उपयोगितामा कमी आएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक