Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ०५ गते, बिहान ९:०८ बजे
महोत्तरी - MHT

ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, महोत्तरी | महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । 

सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको आज बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

सडक निर्माणको क्रममा माटो भर्ने कार्यमा खटिएको ज १ त ९२२६ नं. ट्याक्टरले सडक निर्माणमा कार्यरत मजदुर मण्डललाई च्याप्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घटनापश्चात ट्याक्टरका चालक फरार रहेका छन् । रासस