२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा घिमिरे

५ जेष्ठ २०७५, शनिबार १६:५५

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाल स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन हुनुभएको छ । नेपाल स्वास्थ्यकर्मीको सातौं जिल्ला अबिधेशनले घिमिरेलाई अध्यक्षमा चयन गर्दै ११ सदस्य समिति निर्माण गरेको छ । 

नेपाल निजामती कर्मचारी युनियन संघको कार्यालयमा शनिवार भएको अबिधेशनले खुल्ला उपाध्यक्षमा खेमराज आचार्य, महिला उपाध्यक्षमा मिठु खड्का, सचिव सन्तोष दाहाल, कोषाध्यक्ष महमत मन्सुरीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, मेनुका आचार्य, रत्ना वुढाथोकी, मिलन मिश्र, श्याम फूयल, महेश प्रसाद शाह र परमानन्द ठाकुरलाई सदस्यमा छनौट गरेको हो । 

अबिधेशनले हलेसी तुवाचुङ नगरपालिकाबाट कृष्ण रानाभाट, जन्तेढुंगा गाउँपालिकाबाट डिकेन्द्र राना क्षेत्री, किरण राई, ऐंसेलुखर्क गाउँपालिकाबाट ओमजंग शाही, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दिनेश घिमिरे, जिल्ला अस्पतालदेखी संगिता जगेवु, महिला स्वयंम सेविकाबाट चित्रा कुमारी आचार्यलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । आठ सदस्य केन्द्रिय प्रतिनिधि बनाउनुपर्नेमा निकट समयमा बराहपोखरी गाउँपालिकाबाट समेट्ने गरी हाललाई सात सदस्य केन्द्रिय प्रतिनिधि बनाईएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । 

जिल्लाको दुर्गम स्थानमा बसेर स्वास्थ्य सेवा दिईरहने स्वास्थ्यकर्मीको हकहितका लागि सम्बन्धित निकायमा आवाज उठाउने कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य हिरा गुरुङले बताईन् । कर्मचारी समायोजन नियमावली २०७४ पारित भइसकेको अवस्थामा त्यो हुबहू लागू हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो,“ स्वास्थ्यकर्मीको सम्पुर्ण सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ सहित नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय उपमहासचिव योगेन्द्र पन्जीयार, नेपाली कांग्रेसका क्षेत्रिय सभापति तीर्थराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य