2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्ता पनि डाक्टरहरु…

Parbat-hospital-Kusmaपर्वत, । पर्वत अस्पतालमा कार्यरत डाक्टरले अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेर नीजि क्लिनिकमा जान थालेपछि अस्पतालमा पुग्ने असाहय, अशक्त बिरामी मर्कामा परेकाछन् ।  पर्वत जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर ३ सातादेखि बाहिरको क्लिनिकमा बिरामी जाँच गर्न जाने गर्नुभएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

सरकारी अस्पतालका डाक्टर नीजि क्लिनिकमा बिरामी जाँच गर्न जाने गरेको समाचार यसभन्दा पहिला पनि आउने गरेको भएपनि अस्पताल नै बन्द गरेर जाने गर्दा समेत कुनै कारवाही हुन नसक्दा सर्वसाधारण बिरामीहरु मर्कामा परेका हुन् । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिले एक वर्ष पहिलादेखि डा। दाहाललाई भिडियो एक्सरे विभागको जिम्मा दिएको अस्पताल विकास समितिले जानकारी दिएको छ ।

अस्पताल व्यवस्थापन समितिले दिएको जिम्मेवारी पुरा नगरि बाहिर हिँड्ने गरेको र बारम्बार अनुरोध गर्दा समेत डा। दाहालले आँफूखुशी तालाबन्दी गरेर हिड्ने गरेको समितिले स्वीकार गरेको छ । विभिन्न कारणले कारवाही गर्न नसकिएको र काममा लगाउने वातावरण गराएको भएपनि डा। दाहालको वेवास्ताका कारण काम हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँलाई हामीले जिम्मेवारी दिएका हौं उहाँले भन्नुभयो–जिम्मेवारी पुरा नगरे विकल्प खोजेर भएपनि चलाउँछौं ।

डा। दाहालले विभिन्न समयमा विरामीको वेवास्ता गर्दै नीजि क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएको छ । उहाँले सदरमुकाम कुस्मामा रहेको पर्वत मेडिकल हलमा ८ सय रुपैयाँमा भिडियो एक्सरे गर्ने गरेको पाइएको छ । नीजि क्लिनीकमा ८ सय रुपैयाँमा बिरामी जाँच गर्दा ४ सय कमिशन आउने र अस्पतालमा बिरामी जाँच्दा कमिशन नपाउने भएकाले यस्तो गरेको स्रोतको दाबी छ ।

अस्पताल व्यवस्थापनसँग यस अघि पनि डा। दाहालले भिडियो एक्सरे गरे वापतको थप पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएको र समितिसँग थप पारिश्रमिक दिन सक्ने कोष नभएकाले एक्सरे वापतको ४सय ५० रुपैयाँको ३५ प्रतिशत रकम दिने गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । भिडियो एक्सरे संचालनमा समस्या आएपछि अन्य डाक्टर खोजेर तालिम दिन पठाएको भएपनि नयाँ डाक्टरलाई समेत चावी नदिएको र समय समयमा विवाद गरेका कारण झनै समस्या भएको बताइएको छ ।

यता डा। दाहालले भने आँफुले उचित पारिश्रमिक नपाएकाले काम नगरेको बताउनुभयो । मैले समितिसँग पारिश्रमिकको कुरा गरेको हो उहाँले भन्नुभयो कुरा मिल्यो भने काम हुन्छ । डा। दाहालले आँफूले अस्पतालका प्रमुख डा। भवानी प्रसाद शर्मासँग माग राखेको र सो पुरा नभएकाले उहाँसँग विवाद बढेको स्वीकार गर्नुभयो । पर्वत जिल्ला अस्पतालमा यस अघि पनि विभिन्न समयमा अस्पताल भित्रै डाक्टरहरु बीच झगडा हुने गरेको र त्यसले बिरामीहरु मर्कामा पर्ने गरेका थिए ।

यस सम्बन्धमा पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। भवानी प्रसाद शर्माका अनुसार भिडियो एक्सरे गरेवापतको ४० प्रतिशत रुपैयाँ सम्बन्धीत डाक्टरलाई दिने प्रावधान रहेको बताउँदै कुनै समस्या भए बसेर समाधान गर्न सकिने तर सेवा बन्द गर्नु राम्रो पक्ष नभएको बताउनुभयो । -गोरखापत्रमा खबर छ

किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई