२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कारको आरोपमा सर्लाहीबाट दुई जना पक्राउ

६ जेष्ठ २०७५, आईतवार १०:२२

जेठ ६ सर्लाही । छुट्टाछुट्टै दुइजना युवतीको बलात्कार गरेको आरोपमा सर्लाहीको हेमपुरबाट दुइजना व्यक्ति पक्राउ परेका छन् भने एकजना फरार रहेको छ ।

पक्राउ पर्नेमा कविलासी नगरपालिका वडा न-४ हेमपुरका २० वर्षिय शिवनारायण राय यादव र १८ वर्षका राहुल राय यादव रहेका छन् । उनिहरु मध्ये शिवनारायणले केही महिना अगाडी र राहुलले ३ महिना अगाडी स्थानीय दुई युवतीलाई बलात्कार गरेका थिए ।

पक्राउ परेका दुवैजना आरोपीहरुलाई थप अनुसंधान र मुद्दा चलाउनको लागि जिल्ला अदालत मलंगवामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ। बलात्कार गरे पश्चात् भारतमा लुकिछिपी बस्दै आएका ती दुई आरोपीहरुलाई आफ्नो घर आएको मौका पारेर विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी हरिपुर नगरपालिका अन्तर्गत पर्ने रनिया टोलमा १७ वर्षिया एक युवतीलाई बलात्कार गर्ने सुनिल पासवान करणी गरे पश्चात् फरार भएको खबर छ । पासवान भाग्नुमा प्रहरीको समेत मिलेमतो भएको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ ।

उक्त घटनामा आफुहरुको कुनै संलग्नता नरहेको र फरार भएका पासवानको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । पासवानको जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरले संयुक्त रुपमा खोजी गरिएको जिप्रका मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले विष्फोटलाई बताउनुभयो ।पासवान भारतमा लुकेर बसेको जानकारी आएकोले भारतीय प्रहरीको पनि सहयोगमा निजको खोजीकार्य भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो