२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बर्डफ्लु संकटग्रस्त क्षेत्र चितवनमा जनस्वास्थ्यको टोली

६ जेष्ठ २०७५, आईतवार १०:४८

जेठ ६, चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आइतबार बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन भन्दै उनले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताए ।

बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ । प्राविधिक टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट के कसरी भएको छ भन्ने जानकारी पनि लिएको झाले बताए ।

यसैबीच बर्डफ्लु प्रभावित क्षेत्रमा कुखुरा मार्न रोकेका व्यवसायी कुखुरा मार्न राजी भएपछि काम शुरु भएको छ । शनिबार बिहान त्यहाँका दुई खोरमा कुखुरा मार्दामार्दै उनीहरुले कुखुरा मार्न छुट्याइएको चार किल्ला व्यावहारिक छैन भन्दै कुखुरा मार्न रोकेका थिए ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले किसान, व्यवसायी र सरकारी प्राविधिक टोलीबीच छलफलपछि कुखुरा पुनः मार्न र कुखुराजन्य पदार्थ नष्ट गर्न थालिएको बताए । सो क्षेत्रमा रहेका कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको छ । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल