2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

को को पर्दैछन् देउवाको मनोनयनमा ?

गुरुङलाई पछि पारेरै छाडे जोशी

flag congressपर्वत,  नेपाली काँग्रेसको महाधिवेशन र संसदीय दलको निर्वाचनबाट चयन हुन नसकेकाहरु यतिखेर पद र जिम्मेवारी पाउन तछाडमछाड गर्दैछन् । उनीहरु पार्टीको विभिन्न पदमा मनोनयनमा पर्न आन्तरिक कसरतमा लागेको पाईएको छ ।

नेताहरुले आ–आफ्नो तरिकाले सक्दो प्रयास गरिरहेपनि सभापति शेरबहादुर देउवाको तर्फबाट समेत प्रारम्भिक सुची तयार भएको छ । यस्तो सूचीमा नेपाली कांग्रेस पर्वतका अर्जुनप्रसाद जोशीको नाम समेत परेको छ भने अर्का कांग्रेसी नेता नवराज गुरुङको भने परेको छैन । नेता जोशीले क्याम्प परिवर्तन गरेका थिए भने नेता गुरुङ पहिलेदेखि नै देउवा खेमाका मानिन्थे । केन्द्रिय सदस्यमा पराजित नेता जोशी केन्द्रिय सदस्यमा मनोनयन सूचीमा रहे पनि यता देउवा खेमाकै गुरुङ भने मनोनयन सूचीमा पर्न सफल भएनन् ।

सभापति देउवाले मनोनयन गर्दा सवै क्षेत्र र समुदायकालाई समेट्ने प्रयास गर्ने बताईरहदा समुहगत हिसावले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोनयन पर्ने सम्भावना कम छ। बरु उनले सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला समुहका केही नेतालाई भने केन्द्रीय सदस्य बनाउने सोचमा रहेको बताइएको छ।

देउवा निकट एक नेताले दिएको जानकारी अनुसार पौडेल पक्ष परित्याग गरेर पछिल्लो समयमा देउवा समुहमा आएकाहरुलाई उनले केन्द्रीय सदस्य बनाउने प्राथमिकतामा पारेका छन् ।     पौडेल समुहबाट कोषाध्यक्षको उम्मेदवार हुन नपाएपछि विच्कीएका पृनारायण चौधरी देउवाको मनोनयनमा केन्द्रीय सदस्यको सुचीमा एक नं.मा रहेका छन्। नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी  देउवाको मनोनयनमा पर्ने तर नेता नवराज गुरुङ नपर्ने भएपछि जिल्लामा फेरि चर्चा शुरु भएको छ ।

लामो समयमा संस्थापक पक्षको बृतमा रहेका जोशी एकाएक किन देउवा पक्षमा गए त्यसको बारेमा व्यापक चासो भईरहदा कार्यकर्तामा उनको पराजयले पनि कार्यकर्तामा थप निराशा छाएको थियो । सिंगो पाटीलाई नै एक बनाउने भन्ने बहानामा देउवा पक्षमा पसेका नेका नेता जोशीले भने केन्द्रिय सदस्यमा आफ्नो नाम पारेरै छाडेका छन् ।

पर्वतकै क्षेत्र नं २ का नबराज गुरुङ १३ औं अधिवेशनमा जनजातिबाट उठ्ने र आफु उठेरै छाड्ने बताउदै आएका थिए । आफुलाई उठ्न र केन्द्रिय सदस्य हुनमा चलखेल भए आफूले गम्भीर निर्णय लिने बताउने गुरुङ उसो त १३ औं महाधिवेशनमा केन्द्रिय सदस्याका लागि लडेनन् । शेरबहादुर देउवाबाट केन्द्रिय सदस्यमा पछि मनोनयन गर्ने सर्तमा उनी केन्द्रिय सदस्यमा नउठेको चर्चा थियो तर देउवा पक्षका उनलाई देउवाबाट टाढा राख्ने काम भयो ।

अन्य मनोनयमा पर्नेमा पार्टीका पुर्वसभापति सुशील कोईरालाका भाई अशोक कोईराला पनि देउवाले मनोनयन गर्ने नेताको प्राथमिकतामा परेका छन् । कोईराला सिटौला समुहको सिफारिसमा पर्ने भएका छन्् ।त्यसैगरी अघिल्लो महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य नरेन्द्र विक्रम नेम्वाङ, कास्कीका पुराना नेता शुक्रराज शर्मा, पुर्वकेन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष समेत रहेका बर्दियाका किशोरसिंह राठौर, केन्द्रीय सदस्य बनाउने भएका छन् ।

देउवालाई सघाउन आफु निर्वाचनमा नलडेका पुर्वकेन्द्रीय सदस्य श्याम घिमिरे, बाराका जिल्ला सभापति राधेचन्द्र यादव, मोरङका पुर्व्जिल्ला सभापति अमृत अर्याल, महिला भएर पनि खुल्ला तर्फ निर्वाचन लडेर हारेकी पुर्व केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई पनि देउवाले केन्द्रीय सदस्य बनाएर प्रोत्साहित गर्ने भएका छन् ।

यी वाहेक सिटौलाको सिफारिसमा अर्का एक जना केन्द्रीय सदस्य बन्ने संभावना रहेको छ भने ठुलो जनसंख्या भएर पनि केन्द्रीय समितिमा नपरेका राई र मगर समुदायबाट पनि केन्द्रीय सदस्य बनाउन देउवालाई नैतिक दवाव परेको छ। मगर र राई समुदायको तर्फबाट कस्लाई ल्याउने भन्ने  बारेमा अहिले उनले निकटस्थहरुसंग परामर्श गरिरहेको एक नेताले जानकारी दिए ।

सभापति देउवालाई खुल्ला तर्फ केन्द्रीय सदस्य लड्दा २६ देखि ३५ भित्रमा पर्नेगरी मत ल्याएकाहरुलाई मनोनयन गर्ने नीति लिन पनि सुझाव आएको छ। तर उनी भने खुल्ला २५ तर्फ केन्द्रीय सदस्यको उम्मेदवार भएर थोरै मत नपुगेर पराजित भएका केही नेताहरुलाई मात्रै केन्द्रीय सदस्य बनाउने मनस्थीतिमा छन् । त्यस मध्येमा जिपछिरिङ लामा देउवाको रोजाईमा पर्न  सक्छन् । उनले लामालाई ल्याउन चाहेपनि उनीसंगसगै पराजित भएका तरुण दलका अध्यक्ष उदयशमशेर राणालाई पनि ल्याउनु पर्ने अवस्था आउनसक्छ। यस बारेमा उनले केही निर्णय लिन सकेका छैनन् ।निर्वाचनका बेलामा आफ्नो सचिवालयको भित्री व्यवस्थापनको जिम्मेवारी लिएका र नेपालको निजि शैक्षीक क्षेत्रका हस्ती मानिने उमेश श्रेष्ठलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्न देउवालाई दवाव छ।

शिक्षाका विषयमा पार्टीले लिने निर्णयमा उनको भुमीका प्रभावकारी हुन सक्ने ठानेर देउवाले उनलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने संभावना रहेको नेताहरुको भनाई छ ।पार्टीको केन्द्रीय समितिमा धेरैको ध्यान गएपनि संसदीय दल तर्फ भने धेरैको ध्यान गएको छैन । संसदीय दलका कार्यकारी पदहरुमा पहिले जिम्मेवारी दिईएका व्यक्तीहरु नै रहेकाले तत्काल त्यसतर्फ दलका नेता शेरबहादुर देउवाले हात हाल्ने संभावना न्युन देखिएको छ भने सदस्य नियुक्तीका लागि हतार गर्नु पर्ने कुनै कारण नभएको उनीहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक