१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

योजना अनुसार काम गर

३० चैत्र २०७२, मंगलवार ०३:५२

सर्वसाधारण लोडसेडिङले मारमा परिरहेका बेला उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वर्ष विद्युत् भार कटौती (लोडसेडिङ) आधारभूत रूपमा घट्ने र ०७४ देखि पूर्णरूपमा अन्त्य हुने बताएका छन् । लोडसेडिङ अन्त्यका लागि आवश्यक पूर्वाधार तयार भइरहेकाले आगामी वर्षदेखि ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव देखिने उनको भनाई  छ । आगामी वर्ष ५  घण्टा हाराहारी लोडसेडिङहुने र त्यसपछिका दिनहरुमा लोडसेडिङ नहुने उनको त्यो बोलीमा नेपाली जनताले राहतको महशुस गरेका छन् तर सो अनुसारको नीति कार्यन्वयनमा आउँछ वा आउँदैन त्यो भने प्रतिक्षाको विषयनै हो ।

नेपालको अस्थीर राजनीतिका कारण कसको कुन बेलामा सरसकार बन्छ त्यसको एकिन हुदैन । सरकार अनुसारका योजना र कार्य दिशा हुने भएका कारण र सहमतिय सरकारको चर्चा चलिरहेको बेलामा यो योजनालाई त्यसले प्रभाव पार्छ वा पादैन त्यो भने भविष्यलेनै बताउँला । माघ र फागुनमा पाँच घण्टा लोडसेडिङ हुने र वर्षातमा लोडसेडिङ हट्ने र केही वर्षपछि नेपाल ऊर्जा उत्पादन बढाएर लोडसेडिङ अन्त्यका अतिरिक्त निकासी गर्ने सामर्थ्यमा पुग्ने दाबी छ । सरकारले ऊर्जा संकट    निवारण तथा १० वर्षे विद्युत् विकास अवधारणा कार्यान्वयनमा ल्याइसकेको छ।

ऊर्जा समस्या समाधान गर्न केही वर्ष भारतमा निर्भर रहनुपर्ने अवस्था देखिन्छ । भारतको भर पर्दा नेपाली जनाले अहिले भोकेको जस्तो फेरि विद्युत आपूत्तिमा पनि यस्तै नहोला भन्न भने सकिदैन । यदि भारतकै भरमा देशलाई लोडसेडिङ मुक्त देश बनाउने सपना हो भने यसमा भने नेपाली  शशंकित हुनेछन् । सरकारले देशमा भएका खोलानालाबाट वा अन्य कुनै माध्यम र प्रविधिबाट विद्युत उत्पादन गर्ने नयाँ नीति बनाउने र विद्युत उत्पादनमा स्थानीय नागरीकको पनि सहभागीता गराउने हो भने नेपालले नेपाललाई मात्रै लोडसेडिङमुक्त हैन दक्षिण एसियालाई पनि उज्यालोमा राख्न सक्नेछ । त्यसका लागि सरकारले तिब्र रुपमा काम गर्ने र जनसहभागीमुखी नीति बनाउने हो भने सम्भव पनि छ । आगामी वर्ष सरकारले भारतबाट ५ सय ८० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको छ ।

   सीमा क्षेत्रका विभिन्न प्रसारणलाइनबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । आगामी वर्ष प्रसारणलाइन संरचनाको क्षमता बढाएर थप २ सय ८० मेगावाट बिजुली आयात गर्ने तयारी ऊर्जा मन्त्रालयको छ । आगामी वर्ष जलविद्युत्लगायत अन्य वैकल्पिक ऊर्जाबाट गरी आन्तरिक स्रोतबाट १ हजार ६७ मेगावाट उत्पादन गर्ने र ५सय ८० मेगावाट भारतबाट आयात गर्दा कुल आपूर्ति १ हजार ५ सय ६७ मेगावाट पुग्नेछ । यस्तै, माग १ हजार ४ सय २३ मेगावाट पुग्ने अनुमान गरिएको छ । यस्तै, ०७४ मा विद्युत्को माग बढेर १ हजार ५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण ऊर्जाको छ । भारतबाट ९३० मेगावाटसम्म बिजुली आयात गरेर सुख्खायाममा हुने लोडसेडिङ पनि अन्त्य हुने अनुमान गरिएको छ ।। यो अनुमानलाई कार्य रुपमा पुरा गर्न र जनतालाई उज्यालो दिई गरिखान पाउने अवसर दिन सरकारले बनाएको योजना अनुसार काम गरोस् र नेपाली जनतालाई चर्को लोडसेडिङको मारबाट मुक्त गरोस्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’