विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जन"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एक वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते

७ जेष्ठ २०७५, सोमबार ०५:४७

जेठ ७ दमक | झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । 


विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो । 

विष्फोट गराउनेको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना खान आउनुभएका सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । 

राई सोही अस्पतालकी कर्मचारी भएको खुलेको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसैबीच आज नेत्रविक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । 

लिम्बूवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् झापाका प्रमुख सुमनसिंह पौडेलले जारी गरेको विज्ञप्तिमा त्यस्तो चेतावनी दिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो