२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

अर्थाभावका कारण ललितपुरमा एम्बुलेन्स थन्कियो

२०७५, ७ जेष्ठ सोमबार ०७:३४

जेठ ७ ललितपुर | अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ । 

एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ । उहाँले भन्नुभयो, “एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको हो।” एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो । 

झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स चल्न छाडेको अस्पतालले जनाएको छ । एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ । पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए । निर्देशक श्रेष्ठले भन्नुभयो, “अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो ।” 

एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ । 

चापागाउँमा नै रहेको अर्काे एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त