२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

अर्थाभावका कारण ललितपुरमा एम्बुलेन्स थन्कियो

७ जेष्ठ २०७५, सोमबार ०७:३४

जेठ ७ ललितपुर | अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ । 

एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ । उहाँले भन्नुभयो, “एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको हो।” एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो । 

झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स चल्न छाडेको अस्पतालले जनाएको छ । एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ । पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए । निर्देशक श्रेष्ठले भन्नुभयो, “अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो ।” 

एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ । 

चापागाउँमा नै रहेको अर्काे एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य